नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका हुन्।

नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उनलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो। पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन्। महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ।

उक्त पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ।