आज कति छ सुनचाँदीको मूल्य ?

लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रबार सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ ।

यस अघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्