लोकतन्त्रमा प्रतिपक्ष बलियो हुन आवश्यक छ : नेता डा कोइराला

लोकपाटी न्यूज
0 Shares

चितवन। नेपाली काँग्रेसका नेता डा शशांक कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन्। यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताएका हुन्।

उनले भने, ‘दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ।’ संघीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे बुझाउन नसकिएको स्वीकार गर्दै उनले बजेट बाँडफाँट गर्दा प्रदेशलाई दृष्टिगत गरेर केन्द्र सरकारले बजेट विनियोजन गर्नुपर्थ्यो भने।

विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मनन गरी तदनुरूप गर्नुपर्नेमा जोड दिए। एक प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने विश्वास नेता कोइरालाले व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्