रास्वपाले वेबसाइटबाट हटायो मुकुल ढकालको तस्बिर

raswapa-pic
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बनमा परेका महामन्त्री डा.मुकुल ढकालको तस्बिर वेबसाइटबाट हटाइएको छ। पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई अनुशासन उल्लङ्घन गरेको आरोपमा ७ दिन निलम्बन गर्ने निर्णय गरेको थियो।

अनुशासन आयोगले उनलाई ७ दिन म्याद दिएर स्पष्टीकरण समेत सोधेको छ। उक्त म्याद सकिएपछि मुकुलमाथि थप कारबाही गर्ने रास्वपाको तयारी भएको छ।