काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा

mausam water
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गयरातिदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाका विभिन्न वर्षा मापन केन्द्रमा रातिदेखि नै मध्यम तथा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं बाहिरका सातै प्रदेशका ठूल नदीहरुको जलसतह उच्च भएको छ। खहरे खोलाहरु पनि उर्लिएर आएका छन्। पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यम–भारी वर्षा मापन, तिनाउ नदी,पश्चिम राप्ती,डुम्रे खोला, बडिगाड, बबई लगायत अन्य नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहले उच्च सतर्कता अपनाउन भनिएको छ।

यता पाल्पा जिल्लाको कुमलगाउँ, गण्डाकोट, जल्पा,अर्चले, बल्ड्याङ्गढी र आसपास मध्यम र भारी वर्षा मापन, सो क्षेत्र भई बहने निस्ती खोला लगायत साना नदीहरूमा आकस्मिक बाढीको जोखिम,तटीय क्षेत्रमा उच्च सतर्कता महाशाखाको आग्रह छ। आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ।

कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्