बाढीमा ट्याक्टर फस्दा चौधरीको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

दाङ। दाङको गंगदी खोलाको बाढीमा ट्याक्टर फँस्दा एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका-५ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको हो। वडा अध्यक्ष टंकबहादुर विष्टका अनुसार ट्याक्टरमा चालकसहित तीनजना सवार रहेका थिए। खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फँसेपछि सवार छेदिराम चौधरीको खुट्टा फसेर मृत्यु भएको जनाइएको छ।

दुई जना सकुशल रहे पनि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए। रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेको थियो। ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीको उद्धार गरिएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्