मधेश प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

Satish_Kumar_Singh
लोकपाटी न्यूज

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत लिएका छन्। जेष्ठ २५ गते मुख्यमन्त्रीको सपथ लिएका मुख्यमन्त्री सिंहले शनिबार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको हो।

आजको प्रदेशसभा बैठकमा कूल १०१ सांसद उपस्थित थिए । जसमध्ये ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गरेको सभामुख मण्डलले बताए। विपक्षमा ३४ मत परेको हो।

मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन्। गत जेठ २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त भएका थिए।

छ दलीय सरकारले आगामी आर्थिक वर्ष २०८१०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याए। तर बजेट पारित नहुँदै सत्ता समिकरण उलटफेर भयो। जसका कारण विश्वासको मत लिनु केहिघण्टा अघाडी मात्रै मुख्यमन्त्रीलज अर्थमन्त्रीसहित चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्