स्याङ्जामा पहिरोमा पुरिएर तीनको मृत्यु

Pahiro
लोकपाटी न्यूज

स्याङ्जा। स्याङ्जाको बिरुवा गाउँपालिका-६ लामाखेतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३ पुगेको छ। बेपत्ता भएका माधव शर्मा शनिबार साँझ मृत भेटिएपछि मृत्यु हुनेको संख्या ३ पुगेको हो।

पहिराले पुरिएर बिरुवा गाउँपालिका-६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए।

पहिराको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा जानुभएका उनीहरूको पुरिएर ज्यान गएको हो। उनीहरूको घर नजिक पहिरो खसेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्