राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ

ganath-rath-pic-p
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज काठमाडौँ प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथयात्राको शुभारम्भ गरेका छन्। जगन्नाथ रथयात्रा हरेक वर्ष असार शुक्ल पक्षको द्वितीया तिथिदेखि शुरु हुने गर्दछ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले जगन्नाथको मूर्तिमा पूजा गर्नुका साथै आरती समर्पणसहित रथमा राखिएको मूर्तिदर्शन गरेका थिए। जगन्नाथलाई भगवान् विष्णुको रूपमा लिने गरिन्छ। धार्मिक मान्यताअनुसार एकपटक बहिनी सुभद्राले आफ्ना भाइ कृष्ण र बलरामलाई शहर हेर्ने इच्छा व्यक्त गरे।

इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन काठमाडौँमा रथयात्रा गर्दै आएको छ। द्वापरयुगमा गोपिनीहरूले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका सचिव रुपेश्वर गौरवदासले जानकारी दिए। आजका दिन नेपाललगायत एक सय ६५ देशमा रथ यात्रा आयोजना गरिएको उनले सुनाए ।