बेचन झा पक्राउ परेपछि सत्ता समीकरणमा फेरबदल गरियो : स्वर्णिम वाग्ले

Swarnim_wagle
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले झा पक्राउ परेको भोलि पल्ट सरकार ढल्नुलाई नेपाली जनताले चासोका साथ हेरिरहेको बताएका हुन्।

‘बेचन झाको पक्राउले नेपालका ठूला भनिने नेताहरूमा आएको बेचैनीबारे व्यापक चासो छ,’ सांसद डा. वाग्लेले भनेका छन्, ‘शुक्रबार राती बेचन पक्राउ पर्ने र शनिबार सरकार ढल्ने प्रपञ्च रचिनुलाई नेपाली जनताले चासोको रुपमा हेरेका छन्।’

अहिलेको सरकारले अभियुक्त झालाई पक्राउ गरेपछि अरू व्यक्ति पनि पक्राउ पर्ने डरले सत्ता समीकरण फेरबदल चलेको उनको आरोप छ।