घुससहित नवलपरासी कारागार प्रमुख दत्त पक्राउ

karagar-nawalparasi
लोकपाटी न्यूज

नवलपरासी। नवलपरासीका प्रमुख विनोदकुमार दत्त पक्राउ परेका छन्। घुस लिएको आरोपमा कारागार कार्यालय डेढ लाख रुपैयाँसहित उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा रहेको निवासबाट पक्राउ गरेको हो।

विराटनगर महानगरपालिका-१० घर भएका दत्तबाट घुस लिइसकेको १ लाख र स्रोत नखुलेको ५० हजार बरामद भएको अख्तियारको प्रेस विज्ञप्तिमा जनाइएको छ। उक्त रकम उनले निवासको दराजमा राखेको बताइएको छ।

कारागार प्रशासक दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै रकम लिएको स्रोतले जनाएको छ। पक्राउ परेका दत्तमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्