नेकपा एमालेको सचिवालय बैठक बस्दै

uml-sachiwalaya pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ।

कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ। यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ। यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।