रास्वपा महामन्त्रीलाई पार्टीबाट निकाल्न अनुशासन आयोगको सिफारिस

mukul-dhakal-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ। मंगलबार आयोगले महामन्त्री ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको हो।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा उक्त सिफारिसबारे छलफल भइरहेको छ। केन्द्रीय समितिले अनुशासन आयोगको सिफारिस अनुमोदन गरेमा निलम्बित महामन्त्री ढकाल रास्वपाबाट बिदा हुनेछन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्