रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ , घण्टी बज्न रोकिँदैन : मुकुल ढकाल

mukul-dhakal
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले आफू पार्टी सभापति रवि लामिछानेको क्लबबाट निस्कासित भएको बताएका छन्।

मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्री एवं प्रवक्ता दुवैको जिम्मेवारीबाट आफूलाई निस्कासित गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो जानकारी दिएका हुन्।

मंगलबार पार्टी केन्द्रीय समिति बैठकले प्रवक्ता र महामन्त्रीबाट पदमुक्त गरेपछि ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि …।’ केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो ।