काँग्रेस-एमाले नेतृत्वले विपतमा पनि सरकारलाई काम गर्न दिएनन् : सांसद ढकाल

Hari_Dhakal_pic
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले काँग्रेस-एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले नयाँ सरकार आउँदै छ भनेर काँग्रेस र एमालेले विपद्का वेला पनि सिंहदरबारका कर्मचारीलाई असहयोग गर भनेर भनेको उनले आरोप लगाए।

विपद्का वेला पनि सरकारलाई कामै गर्न नदिएको भन्दै काँग्रेस एमालेप्रति आक्रोश व्यक्त गरे। उनले भुटानी शरणार्थीको फाइल खोल्ने र दोषीलाई पक्राउ गर्ने काम सरकारले गर्न शुरु गरेपछि नयाँ सत्तासमीकरण बनाएको पनि बताए।

सांसद ढकालले भने, ‘राहत र उद्धार गर्नुपर्ने वेला यो विपद्को घडीमा पनि हामी आउँदै छौं भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ। यो कुन चरित्र हो ? कुन शैली र संस्कारको राजनीतिको ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्