आठ सयले बढ्यो सुनको मूल्य

Gold
लोकपाटी न्यूज

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ।

बुधबार प्रतितोला एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार दुई सय निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा १५ ले बढेको छ। बुधबार प्रतितोला एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने एक हजार आठ सय ८५ निर्धारण भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्