बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपाटी न्यूज

काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ कुमारीगालका ५२ वर्षीय मणिराम पौडेल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले फरार पौडेललाई मंगलबार काठमाडौं कुमारीगालबाट पक्राउ गरेको हो। प्रहरीले बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट असार १२ गते अनुमति लिएको थियो।

पौडेललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत्त गौशाला पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्