जसपा नेपालले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्यको नामावली (सूचिसहित)

Jasapa_Nepal
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी, नेपालले पार्टीका केन्द्रीय समिति सदस्यको नाम सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले २१५ जना केन्द्रीय सदस्यको नाम आज सार्वजनिक गरेका हुन्।

महाधिवेशन सकिएको करिब एक महिनामा केन्द्रीय सदस्यको टुंगो लगाएको हो। जेठ अन्तिममा जनकपुरमा भएको प्रथम एकता महाधिवेशनले यादवलाई सर्वसम्मत अध्यक्ष चुनेको थियो। बाँकी पदाधिकारी चयनका विषयमा विवाद भएपछि जेठ २८, २९ र ३० गते भएको महाधिवेशनले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन नगरी टुंगिएको थियो।

उक्त महाधिवेशनले यादवलाई नै केन्द्रीय समिति, पदाधिकारी, कार्यकारिणी सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरू मनोनयन गरी घोषणा गर्ने जिम्मेवारी दिएको थियो। जसपा, नेपालले सार्वजनिक गरेको नामावलीमा ९ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेको उल्लेख छ।

केन्द्रीय समिति अध्यक्षमा यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्यमा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्र कुमार सिंह यादव, मनिष कुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत, शिवलाल थापा मगर रहेका छन्।

[embeddoc url=”https://lokpati.com/wp-content/uploads/2024/07/jsp.pdf”]