राष्ट्रियसभाको बैठक स्थगित

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ। बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो। विशेष कारणवश बस्न नसकेको संघीय संसद्का महासचिव पद्यम प्रसाद पाण्डेयले जनाएका छन्।

‘राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ विज्ञप्तिमा लेखिएको छ।

आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी रहेको थियो। यस्तै, भन्सार महसुल विधेयक प्रतिनिधिसभामा पठाउने प्रस्ताव प्रस्तुत गर्ने लगायतका सम्भावित कार्यसूची रहेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्