नेपाली कांग्रेसले माग्यो बागमतीका मुख्यमन्त्रीको राजीनामा

salikram-jamarkattel-pic
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले बागमतीका मुख्यमन्त्री सालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार नेपाली कांग्रेस बागमतीका संसदीय दलका नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै सालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेका हुन्।

सरकार अहिले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ- ‘मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमाले बिच जन अपेक्षित नयाँ समीकरण निर्माण भएको छ । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री मासालिकराम जमकट्टेलको नेतृत्वमा गठन भएको वर्तमान प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाई विश्वासको मत फिर्ता लिईसकेको पृष्ठभुमिमा वर्तमान सरकार प्रष्टरुपमा अल्पमतमा परि कामचलाउ सरकारको हैसियतमा पुगिसकेको स्थिति छ । यो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकोले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै माननीय मुख्यमन्त्रीले राजनीतिकलाई सहज रूपमा अगाडी बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गरी दिनुहुन हार्दिक आग्रह गर्दछु।’

बागमतिमा नेकपा एमालेका तर्फबाट सरकारमा सहभागि मन्त्रीले राजीनामा दिनुका साथै समर्थन पनि फिर्ता लिएको छ। एमालेले समर्थन फिर्ता लिएसँगै शालिकराम नेतृत्वको सरकार अल्पमतमा परेको छ। तर, मुख्यमन्त्रीले राजीनामा नदिइ विश्वासको मत लिने तयारी गरेका छन्। तर, उनले विश्वासको मत नपाउने निश्चित छ। ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ। कांग्रेस र एमालेको सांसद संख्या जोड्दा ६४ मत हुन्छ, अर्थात बहुमत पुग्छ।

pppp