प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने जसपाको निर्णय

Jasapa_Ashok-Rai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत नदिने भएको छ। बिहीबार बसेको जसपा संसदीय दल बैठकले सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन्। प्रतिनिधिसभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।

जसपाका सांसद प्रदीप यादवले प्रधानमन्त्री प्रचण्डले राख्ने विश्वास मत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए। साथै जसपाले नेकपा एमाले र नेपाली काँग्रेस लगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ।