एन पी घायलको “दिलमाया” (कविता)

nirmal poudel
लोकपाटी न्यूज
0 Shares

दिलमाया
स्मृतिका छटाहरु
नदी जसरी बहन्छन् निरन्तर
परेली भएर दिलका दर्दहरु
कहाँ जान्छन् होलारु
परेलीको बाटो हुँदै पानी भएर जानेहरु…!

दिलमाया
चिम्लिएर जानेहरुको दुनियाँ
मृत हुन्छ या सजिवरु
मलाई यही प्रश्नले बारम्बार घोचिरहन्छ
यो छातीको देब्रे पाटोमा ।

सजीव आत्मा बाट निस्कने
जीवित भावना
मनमा अनयासै उत्पन्न हुने अनेकन बहहरु

मस्तिष्कमा सल्बलाउने
सुन्दर सपनाका कहानीहरु
सवै अधुरा,अपुरा हुन्छन र दिलमाया…!
कुनै
कवीले लेखेको कवितामा जस्तै,
गीतकारले लेखेको गीतमा जस्तै
कथाकारले लेखेको कथामा जस्तै
उपन्यासकारले लेखेको उपन्यासमा जस्तै
प्रायस्
काव्यमा जस्तै महाकाव्यमा जस्तै ।

दिलमाया,
हाँसेर फसाउँनेहरु
मासेर कहाँ जान्छन होला ?
माया होस या सम्बन्ध।
टााँसेर तन मन गसाउँनेहरु
अनयासै
गाँसेर कहाँ कसोरी मान्छन होला ?

सायद
ओ ! दिलमाया
प्रेम अमुल्य नहुँदो हो त!
त्यो गाउँ
यो बजार
कवाडीहरुको साम्राज्य उहिल्यै बनिसक्थ्यो होला।
प्रेम जीवित नहुँदो हो त
जिन्दगी…..जिन्दगी कहाँ हुन्थ्यो होलारु
दिलमाया
चाहे
महल होस् या सडकपेटीमा
संयोगमा होस या बियोगमा।
दुनियाँ….. दुनियाँ हुन्थेन होला।

यो ज्यूँदो प्रेम
केवल तिम्रै लागि दिलमाया !
तिमी निर्मल बनेर निरन्तर बहीरहनु

बगर बनेर साथ दिइरहुँला
नदीको दुई किनार जस्तै
एक किनार सुखमा

अर्को किनार दुखमा तिम्रै बनेर
दिलमाया।

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्