२५ प्राध्यापक बर्खास्त

Tribhuwan Univercity
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ । त्रिभुवन विश्वविद्यालय मातहतमा अध्यापन गराउने २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ ।त्रिविका आंगिक क्याम्पसमा पढाउन छोडेर निजीमा बढी समय दिएको भन्दै उनीहरूलाई बर्खास्त गरिएको हो ।

लगातार ९० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर ६१ आंगिक क्याम्पस छन् । प्राध्यापन क्षेत्रमा सरकारी कोटामा रहेर बाहिर बढी समय पढाउने प्राध्यापकलाई हेल्मेट प्राध्यापकको रूपमा चिनिन्छ ।

पछिल्लो एक वर्षमा ४० जना शिक्षक र कर्मचारीलाई सेवाबाट हटाइएको छ । जसअन्तर्गत २५ शिक्षक र १५ कर्मचारी छन् । बर्खास्त हुनेमा शिक्षकअन्तर्गत उपप्राध्यापक, सहप्राध्याक र प्राध्यापक रहेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट बर्खास्त गर्ने उल्लेख छ । सो प्रावधानअनुसार उनीहरूलाई सेवाबाट बर्खास्त गरिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्