चौतारा नगरपालिकाको मखमल जुत्ता बनाउने तालीम

Chautara Training
लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, १५ माघ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाहरुलाई मखमलको जुत्ता बनाउने तालीम सञ्चालन गरेको छ ।

नगरपालिकाले कमलको फूल सहकारी संस्थासँग सहकार्य गरी महलिाहरुका लागि तालीम सञ्चालन गर्न लागेको हो । तालीममा महिलाहरुलाई मखमलको जुत्ता बनाउन सिकाइने छ । बिपन्न र गृहणी महिलालाई लक्षित गरी तालीम सञ्चालन गरिएको हो ।

चौतारा र आसपासका क्षेत्रमा मखमलको जुत्ताको अत्यधिक खपत हुँदै आएको छ । चिसो मौसमा मखमलको जुत्ता घरायसी प्रयोजनका लागि अत्यन्तै उपयोगी हुने भएकाले नगरपालिका आफैंले तालीम सञ्चालन गर्न लागेको हो ।

‘महिलाको जिविकोपार्जनलाई लक्षित गरी तालीम सञ्चालन गरिएको हो’ नगर उपप्रमूख जानुका पराजुलीले भनिन्, ‘तालीमले गृहणी महिलाहरुलाई आत्मनिर्भर बनाउने अपेक्षा गरेका छौं । यसले बाहिर जाने पूँजीलाई रोक्न पनि मद्दत गर्छ ।’

महिलाहरुका लागि निशूल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको नगरपालिकाले सीपमूलक तालीम र स्वरोजगारमा जोड दिँदै आएको छ । आर्थिक वर्ष ०७५/०७६ को बिनियोजित बजेटबाट तालिम सञ्चालन गरिएको पराजुलीले बताइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्