शिक्षामन्त्रीले सोधे- एसईई परीक्षाको तयारी कहाँ पुग्यो ?

Girirajmani Pokherel01
लाेकपाटी न्यूज

काठमाडौं, २९ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।

मङ्गलबार मन्त्रालयमा परीक्षाको तयारीका सन्दर्भमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाई, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्दर्भमा चासो व्यक्त गरेका हुन् । छलफलमा उनले समग्रमा एसईई परीक्षाको तयारी कहाँ पुग्यो भनेर सोधेका थिए ।

परीक्षा भयरहित र व्यवस्थित हुनुर्ने बताउँदै मन्त्री पोखररेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विशेष ध्यान दिनुपर्ने बताए । बैठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको छ ।

यसवर्ष कुल १ हजार ९६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । उनले यस वर्ष प्रदेशगत रुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए । बरालले उत्तरपुस्तिका परीक्षणका लागि करिब ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने पनि जानकारी दिए । एसईई परीक्षा आगामी चैत्र १० गतेदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्