रुस-युक्रेन युद्ध : एसिया, युरोप र नेपालको अर्थतन्त्रमा पारेको असर

Nimananda rijal
लोकपाटी न्यूज
  • डा. निमानन्द रिजाल

काठमाडौं। विश्वका कुनै देशले भन्दा हुन हामी धनी छौ युद्धको असर हामीलाई कमपर्दछ। युद्ध सामान्य युद्धलाई हेर्दा क्षेत्रीय शान्ति र आफ्नो देशको सुरक्षा र स्वतन्त्रको पक्षमा भएको प्रतीत हुन्छ। युद्धको हार र जित सँग कुनै सरोकार विषय भन्दा पनि गरिब देखि धनी देशहरूमा पार्ने आर्थिक तथा मानवीय असरको उल्लेखनीय प्रभाव परेको छ। यो तथ्य हो।

विश्वको वर्तमान अर्थव्यवस्था: विश्वको अर्थ व्यवस्था अहिले एक अर्कामा अन्तर सम्बन्ध राख्द छन्। रुसको अर्थ व्यवस्था प्रविधिको बिक्री, वितरण, इन्धनको बिक्री वितरण, अन्न उत्पादन विषेशगरी गहुँको उत्पादन र वितरण आदिमा निर्भर छ। रुसको अर्थ व्यवस्था इकोनोमी डट कमका अनुसार २०२१ को ३ महिनामा १,५३८४३ मिलिएन डलरमा निर्यात गरेको थियो भने सोही अवधिमा ८५५०१ मिलियन आयत गरेको थियो।

यस्तै अमेरिकाले पनि, पेट्रोल, स्टिल, मोटर भेइकल, अन्तरिक्षमा प्रयोग हुने स्याटलाइट, दूर सञ्चारका सामाग्रीहरू आदि उत्पादन गर्दछ। यस्तै अमेरिकन तथ्याङ्क विभागका अनुसार जनवरि २०२२ मा २२४.४ बिलियन अमेरिकी डलर बराबरको सामान निर्यात गरेको थियो भने ३१४.१ बिलियन डलर बराबरको सामानहरू आयात गरिएको थियो। अमेरिकाले ८९.७ बिलियन डलर एक महिनामा व्यापार घाटा व्यहोरेको थियो। थियो।

यस्तै चिन सँग भएको १ महिनामको व्यापारमा ८.४ बिलियन घाटा छ भने भारत सँग ०.९ बिलियन रहेको छ। रुसाबाट अमेरिकाले ३ प्रतिशत जति इन्धन आयत गर्दछ। यहाँ भन्न खोजिएको के हो भने, निर्यात र आयातमा बस्तुगत आवश्यकता अनुसार घाटा नाफा भइनै रहन्छ। जब आयात र निर्यात हुन्छ त्यहाँको अर्थतन्त्र एक अर्कामा निर्भर भएको हुन्छ। यसरी हेर्दा अन्तर घुलित आर्थिक सम्बन्ध भएको विश्व निर्माण भएको छ। यस्तो अन्तर घुलित आर्थिक सम्बन्धमा एक ठाउँको सप्लाई चेन अस्त व्यस्त हुँदा अर्को देशका जनतामा ठुलो असर परेको हुन्छ।

रुस- युक्रेन युद्ध र विश्व अर्थतन्त्रमापर्ने असर 

युरोपका स-साना २७ देश मिलेर युरोपियन युनियन बनाएका छन्। जर्मनी ४० प्रतिशत ग्यास र अन्य इन्धन पनि रुस सँग निर्भर छ। जर्मनको अर्थतन्त्र विकासमा रुसाको ग्यासको भूमिका महत्त्वपूर्ण छ। यसलाई तत्काल बन्द भएमा सुलभरुपमा अर्को देशबाट उपलब्ध हुन सक्दैन। साथै अर्को वैकल्पिक ऊर्जाका श्रोतहरुपनि भरपर्दा छैनन्। अमेरिकाले एक समयका औपनिवेशिक शक्ति युरोपियन देशहरूलाई साथ लिएर नाटो देशहरूको विस्तारमा लाग्यो र सोभियत सङबाट बिच्छेद भएका देशहरूलाई समेत यसको विस्तार गरेको छ। नाटोलाई औपनिवेशिक देशहरूको सैनिक गठ जोड भने पनि हुन्छ र अमेरिकाले नवउदारवादी अर्थतन्त्रको विस्तार गर्न नाटो सहयोगीको कामगरिरहेको छ।  यो समयमा पनि अमेरिका शीतयुद्धकै मानसिकतामा काम गरिरहेको छ।

इन्धन सप्लाई गर्ने देशबाट अर्थतन्त्रलाई चलायमान बनाउने इन्जनको आपूर्तिमा कमी आउँदा बित्तिकै अर्थतन्त्रका हरेक हाँगाहरू, उद्योग, कृषि लगायतका क्षेत्रमा तत्काल असर देखा पर्दछ भने औद्योगिक सामानहरूको वितरण प्रणालीमा समेत प्रभाव परेको हुन्छ।

युद्ध ? 

युद्ध आफैमा मानव, जीव जन्तु प्राणी, वातावरण आदिमा नराम्रो अवस्थामा पारेको हुन्छ।  युक्रेनको इतिहास लामो भए तापनि आफ्नो शासनकाल कम छ। अहिलेको यो युद्ध युक्रेनको इतिहास र सोभियत सङ्घभन्दा अगाडि देखिनै जोडिएको, रसियन मूलका जनताको बसोबास खास गरी डनबास क्षेत्र र क्रिमियासंग पनि जोडिएको छ। १८औ शताव्दि डनबास रुसी साम्रज्यकोरुसि क्षेत्रमा गाभिएको थियो। पछि सोभियतसंघको समयमा यो क्षेत्र औद्योगिक क्षेत्रको रूपमा परिणत भएको थियो र यहाँ रुसिमुलका मानिसहरू बसोबास गर्दै आएका थिए।

२०१४ को  युरो मैदान आन्दोलन देखि यो क्षेत्र स्वतन्त्र हुने निर्णय गरेर आन्दोलन गरी रहेका थिए। युक्रेनलाई स्वतन्त्र राज्यको स्टाटस दिँदा सम्म त्रिमिया लगायतका क्षेत्रमा युक्रेनलाई सुम्पन रुसलाई मन्जुर थिएन। यो तथ्य इतिहासका पानाहरूमा प्रस्ट भेटिन्छ, रसियन मूलका नागरिकहरूको दमन र रुसले आफ्नो मूलका नागरिकहरू एनेक्समा परेका तथ्य र यिनीहरूको कत्लेयाम र त्यहाँका नाजिप्रकारका जुन आतंककारी समुह छ जसलाई अमेरिकाले समेत आतंककारी समुह भनेको थियो। क्राइसिस गु्रपका अनुसार यहाँ २०१४ देखि अहिले सम्म १४००० हजारको हाराहारिमा रुसिमुलका मानिसहरू मारिएका समाचारमा आइरहेकाछन।

२०१४ र २०१५ युक्रेनीहरु सँगको लडाइ पश्चात् यो क्षेत्र स्वतन्त्र भनेर स्वघोषण गरेका थिए। यसलाई रुसको समर्थन थियो। यो क्षेत्रको स्वतन्त्रताको आन्दोलन चलिरहेको छ। युरोपियन युनियन र पश्चिमाहरूको रुस घेर्ने र रुसलाई तहसनहस गर्ने रणनीति संगपनि जोडिएको छ। असंलग्न बफर राज्यकोरुपमा रहनुपर्ने देशको भौगोलिक अवस्था युक्रेनको देखिन्छ। जुन पश्चिमाहरूको युद्ध मेसिन र २१औ शताब्दिको नवउपनिवेसबादी नीतिको विरुद्धको लडाई हो। भारत र चिन जस्ता देशलाईको सँग कस्तो सम्बन्ध राख्नुपर्दछ र धम्की दिने तागत युरोपियन र अमेरिकाको कहाँ बाट आयो ? यहि नाटोको युद्ध क्षमता देखाएर होइन ? यो महत्त्वपूर्ण सवाल हरेक  विकाश शोन्मुख देशले सोच्नु पर्दछ।

एसिया, युरोपका देशहरूमा आर्थिक सङ्कट र नाकाबन्दी

युक्रेन र रुसको लडाईमा रुसमाथि अमेरिकन आर्थिक नाकाबन्दिले विश्वभरि इन्धनको हाहाकार बनाएको छ भने स्वयम अमेरिका पनि यसको चपेटामा परेको छ। इन्धनको आपूर्तिमा कमी आएपछि चक्रियरुपमा यसको प्रभाव परेको हुन्छ। नस्ले मुद्रास्फीति देखि उत्पादन, वितरणमा समेत असर गरेको हुन्छ।

इन्धनको सप्लाईचेनमा हुने अवरोधको प्रभाव

यो इन्धनको कमले गरिबी बढाउने देखि, वितरण प्रणालीमा निकै असर गरेको हुन्छ भने रुस र युकक्रेन दुवैले युरोप र खा डिका मुलुकहरूमा गहुँ अथवा गहुँकाे पिठो पठाउने गर्दथे अहिले युरोपका कुनै देशमा गहुँकाे पिठो कटौतिगरेर बेच्नलागेका छन् भने, ब्रिटेनमा पनि खाने तेल को अभाव देखिन लागेको समाचारमा भेटिन लागेका छन्।
दक्षिण एसियाका देशहरूमा इन्धनको मूल्य।

भारत: इकोनोमिक टाइम्स भारतका अनुसार उक्राइन रुसको युद्धपछि हरेक दिनजसा पेट्रोलको मूल्य बढेको छ। अप्रिल ४ २०२२ मा दिल्लीमा पेट्रोलको मूल्य भारु १०३. ८१ पुगेको छ। यो मूल्य मार्च २७ मा रु ९९. ११ थियो। यस्तै २१ डिसेम्बर २०७७ मा दिल्लीमा ८६.६७ पैसा पेट्रोलका मूल्य थियो। दुई महिना १४ दिनको अन्तरालमा १७ रु १४ पैसा पेट्रोलको मूल्य बढेको छ। यस्तै डिजेलको मूल्य, एलपिजि ग्यासको मूल्य पनि बढेको छ। नस्ले घर घरमा असर गरेको छ र गरिबी बढाउने निश्चित जस्तै छ।

नेपाल: यहाँ इन्धनको मूल्य हरेक दिन समायोजन हुँदैन तर समायोजन हुँदा एकै दिनमा धेरै बढेको पाइन्छ। नेपाली टाइम खबर पत्रिकाका अनुसार २ मार्च २०२/२ मा बढाएर नेरु १४५ पुगेको थियो भने २ अप्रिलमा १५५ रु २५ पैसा पुगेको छ। यस्तै ६ अप्रिलमा १६० रु पुगेको छ। नेपाल सरकारले प्रतिलिटर इन्धनको मूल्य बृद्धिले हरेक बस्तुहरुमा मूल्य बढेको छ। एक महिनामा रु १५ भन्दा बढी मूल्य बढ्नाले जीवन कति अस्तव्यस्त बनाएको होला सहजै अनुमान गर्न सकिन्छ। अनलाइन खबर २५ फेब्रुअरीका अनुसार गत आर्थिक वर्षमा नेपालले रु १.५३ खरवको जम्मा जम्मी आयत गरेको थियो जसमध्ये १५८ अरबको इन्धन मात्र थियो। यो वर्ष रु. ५०० मिलिएन बढी इन्धन आयत हुने अनुमान नेपाल अयाल निगमले गरेको छ। यस्तै राष्ट्र बैकले इन्फेक्सन अहिले ६.२३ भएको उल्लेख गरेको छ भने गत साल यो समयमा ३.६५ प्रतिशत मात्र थियो।

पाकिस्तान: ग्लोबल इन्धन प्राइसका अनुसार २० डिसेम्बर २०२१मा न्युनतम पेट्रोलको मूल्य पकिस्तानी रुपीयामा १४०. ८२ थियो भने २१ फेबु्रअरि २०२२ मा रु १५९.८६ पुगेको थियो। यहाँ १९ पा.रु जति प्रति लिटर मुल्य बृध्दि भएको उल्लेख गरेको छ। अनलाइन खवर द न्युज डटकम पिकेका अनुसार प्रधान मन्त्रि इमरान खानले पारु १० घटाएर ३१ मार्च २०२२ सम्म रु १४९.८६ पैसा कायम गरेको छ भने इन्फलेसनका दर १२ प्रतिशत जति हुने गरेका समेत बताएका छन्।

अन्य एसियन देशहरूको अवस्था

सिंगापुर: यो विकसित देशमध्येको एक हो। यहाँ विभिन्न कम्पनीले पम्प मूल्यमा पेट्रोल बेच्ने गर्दछन्। जे भएता पनि यिनीहरूले बेच्ने मुल्य धेरै तलमाथि छैन। ब्लग सडिली का अनुसार २०२२ जनवरी २० मा प्रति लिटर पेट्रोल सिंगापुरियन डलर २.६५ यो मूल्य मार्च १मा ३.२३ पुगेको थियो। यहाँ अप्रिल ४ मा घटेर ३.०५ भएको थियो। बुलुम बर्गमा प्रकाशित अम्बेरिन चौधरीका अनुसार ग्लोबल तहमै मेटल, अनाज र इन्फेलेसनले ग्रस्त पार्ने छ र सिंगापुरको अर्थ तन्त्रमा नस्ले असर गरिरहेको छ।

साउथ कोरिया: कोरियन इकोनोमिक डेलीका अनुसार रुस कोरियाको १० औ ठुलो व्यापार साझेदार हो। हुन्डाइ, सामसुंग जस्ता कम्पनिहरुले व्यापार गर्द छन्। यो युध्दले गर्दा विभिन्न बन्दरगाहाहरुमा जहाजमै थन्किएका छन्। यस्तै साउथ कोरियाले पनि क्रुड तेल, नाप्था र आलमुनियम रुसबाट आयत गर्दथ्यो। यो पनि रोकिएको अवस्था छ। जमिनको ट्रान्स साइबेरियन राजमार्गमा पनि युध्दको असरले गर्दा निर्यात तथा आयतमा असर गरेको छ। यस्तै साउथ कोरियाको बुसान बन्दरगाहा एक ठुलो बन्दरगाहा हो। सन २०२० देखि यहाँ बाट रुस संग जहाजहरुको सञ्चालन हरेक वर्ष ३५ प्रतिसतले बढेको थियो। यसमा अहिले ठप्प भएको छ। साउथ कोरियाको प्रोटेवल ग्यास चुलो उत्पादन गर्ने कम्पनिका चुल्होहरु टर्किको पोर्टमा अड्किएका छन्। अव समुन्द्रमा फयाक्नु पर्ने भयो भनेर कम्पनि आत्तिएको छ। युरोप जाने कार्गो प्लेनहरुपनि मास्कोमा स्टप ओभर भएर जाने सबै क्यानसिल गर्नु परेको छ। दि कोरियन हेराल्डका अनुसार सरकारले कम्पनिहरुलाई केहि राहात दिने घोषण गरेको छ तर यो राहात निकै कमिहुन भन्दछन्।

युरोप

विश्वका विभिन्न देशरुबाट एलपिजी ग्यास सपलाई भएतापनि रुसबाट ग्यास, तेल र कोल सप्लाई हुन्छ। अन्तराष्ट्रिय इर्नजि (IEA)का अनुसार युरोपियन मुलुकमा प्रतिदिन रुसबाट पाइपलाइनको माध्यमबाट ३८० मिलियन क्युविक मिटर ग्यास आयत गरिन्छ। जुन नाकाबन्दी पछि पनि रोकिएको छैन। पिटर इन्सिटिच्युट फर इन्टरन्यासनल इकोनोमिक्सका अनुसार इयुले अहिलेनै घट्दो व्यापार ब्योहरिरहेको छ भने यस्तै इन्फेल्सनको पनि सामना गरिरहेको छ। यो इन्र्जि-इन्धनबाट उत्पन्न भएको सङ्कट हो। यसको पिडा युरोपले गरेको छ। एमआइटि का सिनिएर फेलो अर्थविद ओलिभर वालान्चार्ड (इष्खिभच द्यबिलअजबचम)ले आफनो टुइटमा लेख्छन, यस्तै उक्रेन सङ्कट लामो समय सम्म रह्यो भने आर्थिकसंकट (Economic recession) र जनताले पनि यस्लाई यही रुपमा बुझ्द छन्। उन्ले आफ्नो टुइटमा लेख्छन अहिले विकसित देशहरुले इन्फेलेसनको (मूल्य स्फीत) सङ्कट भोगीरहेका छन्।

निष्कर्श : माथिका उदाहरणले के देखाउँछ भने विश्व अर्थतन्त्र एक अर्कामा निर्भर छ। जसले रुसलाई प्रतिबन्ध लगाएका छन्, रुसका असेटहरु फ्रिज गरेका छन्, के नस्ले उत्पन्न गर्ने विश्व अर्थतन्त्रको भयावह स्थितिको मूल्याँक गर्न चुकेका छन् र संयुक्तरुपले यो युद्ध रोक्ने पहल गरेको देखिँदैन। नाका बन्दिले रुसको कमजोर हुन्छ र उसलाई कब्जा गर्छौ भन्ने मनस्थिति सडी सकेको मनस्थिति हो। एसियाका पावर हाउसहरूले रुस संग खुलेर व्यापार गर्ने र डायलग वार्ताको माध्यमबाट यसको समाधान गर्ने रणनिती अपनाएका छन्। आर्थिक सङ्कट नेपाल जस्तो सानो देशले पनि भोगिरहेको छ। हामी नेपालीले विकसित देशहरूको मिचाइमा नेपाली जन्ता पिसिनुपर्ने के विकसित देश युरोप अमेरिका जस्ता देशको कूटनैतिक असफलता र पुटिनलाई अगाडि सारेर युक्रेन ध्वस्त बनाउने नीतिको परिणाम त होइन?, जन्ताले यसरी नै शङ्का गर्न थालेका छन्।

विश्वको अर्थ व्यवस्था दुई देशको युध्दले तनाहा पारी रहेको छ भने युरोपले ६ महिनामा रेफयुजीहरुको लागि लाग्ने करिब १० बिलियन डलर कहाँबाट जोहो गर्छन्, आर्थिक सङ्कटको साथै युरोपमा सामाजिक थल पुथल हुने देखिन्छ भने युकेमा खाने तेलको अभाव अहिलेनै खट्किएको र करिब ७ दिन सम्म धान्न सकने समाचार मध्यमले हवाला दिएका छन्। जन्तालाई हतियार बाढ्ने चेतबाट युरोप अगाडि उठेर आउनु पर्दछ। गलत चेतनाको प्रभाव अहिले युक्रेनमा देखिएको छ। विश्व अर्थ ब्यबस्थाले नयाँ ढंगले सोच्न बाध्य बनाएको छ र पुर्विय देहशरु चिन भारत, रुस, गल्फका देशहरु र एसियन देशहरुले सोच्ने समय आएको छ। भारत र रुसले रुवल र भारुमा व्यापार सञ्चालन गर्ने एक पूर्व संकेत हो भने चिनको युआन र रुवलको लगायत अन्य क्रन्सेसिंग मिलेर एक अर्कामा ब्यापारिक पद्यतिको विकास गर्न अपरिहार्य भएको छ। पावर सिफटिंगको यो महत्वपुण जगको निर्माण हुने छ र नेपाललाई प्रसस्त फाइदा पुग्ने अनुमान गर्न सकिन्छ। यदि युद्ध लम्वियमा दक्षिण कोरिया सहित खाडिमुलुकबाट पनि कामदारहरु फर्कने संभावना रहन्छ। नस्ले नेपाल लगायत अन्य मुलुकहरुको अर्थतन्त्रमा समेत विकराल अवस्था आउन सक्छ। यसको लागि पूर्व तयारी आवस्यक पर्दछ। जस्को तयारीगर्न ढिलागर्न हुँदैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्