यी हुन् करिश्माका बेञ्च पार्टनर : के भन्छन् बास्काेटा ?

करिश्मा सुजन बास्काेटा
लाेकपाटी न्यूज

काठमाडौं, १० चैत । नेपाली चलचित्र जगतकी सदावहार नायिका करिश्मा मानन्धर यतिखेर एसइइ परीक्षामा व्यस्त छिन् । उनीसँगै परीक्षा दिने सुजन बास्कोटा करिश्माका बेञ्च पार्टनर हुन् । बास्कोटा क्लासकै फस्ट ब्वाई हुन् । उनले कोचिङ पढ्दै गर्दा थाहा पाएका थिए करिश्मा मानन्धर अब सँगै पढ्ने भनेर । उनी अचम्म परेका थिए, टेलिभिजनको स्क्रीनमा देखेको ग्ल्यामरस स्टार करिश्मा आफूसँगै पढ्ने भन्दा ।

बास्कोटाले भने, ‘जब करिश्मा आफूसँग पढ्ने भन्ने थाहा पाएपछि घरमा गएर सुनाइहालेँ, मेरो जोइन्ड फ्यामिली हो, मैले हजुबुवालाई पहिला यो खबर सुनाएको थिएँ ।’

उनी सम्झदैँ रमाउँदै थिए । ‘मैले घरमा भनेको शुरुमा कसैले पनि पत्याउनुभएन, स्कूलमा बिल तिर्न आउँदा देखेपछि मात्र हो भन्ने भयो ।’ १५ वर्षका बास्कोटाले यो खबर साथीलाई पनि भनेका थिए, घरका मानिसले जस्तै साथीले पनि पत्याएनन् । पछि भिडियोको अन्तरवार्ता देखेपछि विश्वास नगर्ने कुरै भएन ।

शुरु शुरुमा एकदमै अफ्ठेरो भयो रे, ‘उहाँ केटि साथीहरुसँग मात्र बोल्नुभयो ।’ तर पछि सबै सामान्य भयो । करिश्मा उनीसँग फस्ट बेञ्चमा बस्छिन् । उनी पहिलो पटक परिक्षामा करिश्मासँग आमुने सामुने भएका थिए ।

करिश्मा ठूलो उमेरको भएपनि, कलाकार भएपनि केही फरक हुँदैन भन्छन् बास्कोटा । ‘हामीसँग मिलेर बस्नुहुन्छ’। उनले पहिलो पटकको कुराकानी सम्झदै भनेँ, ‘८ कक्षाको जिल्ला स्तरीय परिक्षाको तयारी गर्दा साइन्सको एउटा कोइसनको आन्सर्स के हुन्छ भनेर सोध्नुभएको थियो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्