वर्ल्डलिंकले थप्यो ग्राहक सुविधा : के-के छन् नयाँ सुविधा ?

Worldlink-2
लाेकपाटी न्यूज

काठमाडौं, वैशाख । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि सुविधा थप गरेको छ। कम्पनीले इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट’ सेवा उपलब्ध गराउने जनाएको छ।

विगत २३ वर्षदेखि इन्टरनेट सेवा दिँदै आएको वल्र्डलिङ्कले केही वर्षअघि रिटेल ग्राहकका लागि ‘सेफ नेट’ सुविधा उपलब्ध गराउँदै आएको थियो। वल्र्डलिङ्कले उक्त सेवालाई विस्तार गरी कर्पोरेट ग्राहकका लागि पनि उक्त सेवा सुचारु गराएको हो।

वल्र्डलिङ्कले रिटेल ग्राहकबाट आएको राम्रो प्रतिक्रियालाई मध्यनजर गरेर यसलाई कर्पोरेट ग्राहकमाझ पनि ल्याइएको जनाएको छ। वल्र्डलिङ्कले कर्पोरेट भर्जनको ‘सेफ नेट’ सेवामा कन्टेन्ट फिल्टरिङ, फायरवाल, सेफ ब्राउजिङ, एन्टीभाइरस र समय व्यवास्थापन लगायतका सुरक्षा सुविधा उपलब्ध गराएको छ।

यो सेवा कम्पनीको भ्यालु एडेड सर्भिस अन्र्तगत पर्ने भएकाले यो सेवा वल्र्डलिङ्कका ग्राहकले मात्रै प्रयोग गर्न सक्ने पनि वल्र्डलिङ्कले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्