यासेर अराफात : साम्राज्यविरोधी मुक्ति योद्धा (जीवनी)

yesser aarafat
लाेकपाटी न्यूज

मोहमद यासेर अराफातको जन्म २४ अगस्ट १९२९ का दिन भएको थियो। उनी प्यालेस्टिनी नेता थिए। उनी १९६९ देखि २००४ सम्म प्यालेस्टिनी मुक्ति संगठनका प्रमुख र १९९४ देखि २००४ सम्म प्यालेस्टिनी राष्ट्रिय समितिका प्रमुख थिए। वैचारिक रुपमा उनी फताह राजनीतिक दलका संस्थापक सदस्य थिए, उनले १९५९ देखि २००४ सम्म यसको नेतृत्व समेत गरे।

अराफातको जन्म प्यालेस्टिनी आमा बाबुबाट कायरोको मिश्रमा भएको थियो, जहाँ उनले आफ्नो अधिकांश युवा अवस्था बिताए। र, किङ फड विश्वविद्यालयमा अध्ययन गरे। विद्यार्थी जीवनमा उनले अरब राष्ट्रवाद र यहुदी विरोधी विचारलाई अँगाले। उनले सुहा अराफातसँग विवाह गरेका थिए। सन् १९४८ को इजरायल राज्य निर्माणको विरोधमा उनले मुस्लिम ब्रदरहुडको साथमा युद्ध लडे।

कायरो फर्केर उनले सन् १९५२ देखि १९५६ सम्म प्यालेस्टिनी विद्यार्थीहरूको विस्तृत संघको अध्यक्षको रूपमा सेवा गरे। १९५० को उत्तरार्धमा उनले फताह नामक एक अर्धसैनिक संगठन स्थापना गरी इजरायलीको विघटन र प्यालेस्टाइन राज्यको स्थापनाको खोजी गरे। फताह धेरै अरब देशहरूमा सञ्चालन भएको थियो, जहाँबाट यसले इजरायललाई लक्षित गरी आक्रमण सुरु भयो। १९६० को उत्तरार्धमा अराफातको प्रोफाइल बढ्यो, १९६७ मा उनी पीएलओमा सामेल भए।

सन् १९९६ मा उनी प्यालेस्टिनी राष्ट्रिय परिषद (पीएनसी) को अध्यक्षतामा चुनिए। जोर्डनमा फताहको बढ्दो उपस्थितिले राजा हुसैनको जोर्डन सरकारको साथ सैन्य सङ्घर्षको परिणामस्वरूप र १९७० को दशकमा यो लेबनानमा सर्‍यो, त्यहाँ, फताहले लेबनानी नागरिक युद्धको दौरान लेबनानी नेशनल आन्दोलनलाई सहयोग पुर्‍यायो र इजरायलमा आफ्नो आक्रमण जारी राख्यो, जसको कारण फताह इजरायलको १९७८ र १९८२ आक्रमणको मुख्य लक्ष्य बन्यो।

१९८३ देखि १९९३ सम्म आराफतले ट्युनिसियालाई आधार बनाएर इजरायललाई वार्तालापको साथ खुल्ला सङ्घर्षबाट आफ्नो दृष्टिकोण परिवर्तन गर्न थाले। १९८८ मा उनले इजरायलको अस्तित्व स्वीकारे र इजरायल–प्यालेस्टिनी सङ्घर्षको समाधान दुई–दुई राज्य समाधान खोजे। सन् १९९४ मा उनी प्यालेस्टाइन फर्किए, गाजा शहरमा बसे। उनले

प्यालेस्टाइन र पिएलओबीच सङ्घर्ष समाप्त गर्न श्रृंखलावद्ध रुपमा इजरायली सरकारसँग वार्तामा संलग्न भए। यसमा १९९१ को म्याड्रिड सम्मेलन, १९९३ ओस्लो सम्झौता र सन् २००० मा क्याम्प डेभिड डेभीड सम्मेलन पर्छ। १९९४ मा अराफात ओस्लो सम्झौताका लागि, यित्जाक रबिन र शिमोन पेरेससँग एक साथ नोबेल शान्ति पुरस्कार प्राप्त गरे। त्यस समयमा प्यालेस्टिनीहरूको बीचमा फताहको समर्थन कमी आयो र हमास र अन्य प्रतिद्वन्द्धीको विकास भयो।

अराफात जीवन सम्पूर्ण रुपले सङ्घर्षमै बित्यो। प्यालेस्टाइनका अधिकांश मानिसहरू उनलाई एक नायक स्वतन्त्र लडाकू र शहीदको रूपमा हेर्ने गर्दछन्, जसले आफ्ना जनहरूको राष्ट्रिय आशालाई प्रतीक बनायो। तर, यसको विपरीत धेरै इजरायलीहरूले तिनलाई एक आतंकवादीको रूपमा प्रचार गरेका थिए। जबकि उनका प्यालेस्टिनी प्रतिद्वन्दीहरुले आराफातलाई इजरायल सरकारप्रति अति नरम भएकाले भ्रस्ट भनेर निन्दा पनि गरे।

प्यालेस्टाइन स्वतन्त्र मुलूक थियो। तर, इजरायलीहरु अमेरिकी व्यापारी थिए। व्यापारको सिलसिलामा उनी प्यालेस्टाइन पुगे र त्यहाँको राष्ट्रिय स्वतन्त्रता आफ्नो पञ्जामा लिन प्रयास गरे। आफ्नो स्वतन्त्र भूमिमाथि भएको अतिक्रमण प्यालेस्टाइनी नागरिकका लागि मान्य थिएन। तसर्थ, उनीहरु इजरायली जातिको हस्तक्षेपका विरुद्ध उभिए। उनीहरुले आफ्नो भूमि बचाउन र राष्ट्रियताको सम्मान गर्न विश्व समुदायसँग समेत अपील गरिरहे।

तर, इजरायलीहरु अमेरिका मुलका नागरिक थिए। व्यापारका नाममा अमेरिका पुगेर उनीहरुले राजनीतिक हस्तक्षेप सुरु गरे। त्यसकै कारण गाजा क्षेत्र निरन्तर तनावमा रह्यो। आराफातले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका पक्षमा र साम्राज्यवादी हस्तक्षेपका विरुद्धमा स्वतन्त्रताको झण्डा उठाए। त्यसमा लाखौं प्यालेस्टाइनी र विश्वभरिका साम्राज्यवादविरोधी शक्तिले साथ थिए।

आराफात साम्राज्यवादी हस्तक्षेपका विरुद्ध निरन्तर लडिरहे। उनी राष्ट्रिय मुक्ति आन्दोलनका नायक थिए। तर, इजरायल र प्यालेस्टाइनको द्धन्द्ध अनन्तसम्म लम्बिने देखेपछि उनले शान्ति वार्ताको प्रयास थाले र मूलतः सफल पनि भए। तर, आज पनि इजरायल र प्यालेस्टाइनबीच शितयुद्ध जारी नै छ।

सन् २००४ को अन्तमा इजरायल सेनाले दुई वर्षसम्म प्रभावी ढंगले हमला सुरु गर्‍यो। रामिलाको कम्पाउण्डको बीचसम्म इजरायली सेनाको प्रभाव रह्यो। त्यसै अवधिमा आराफत कोमामा पुगे र २९ अक्टोबर २००४ मा आराफातको निधन भयो। यद्यपि अराफतको मृत्युको कारण असाधारण विषय बनेको छ, रूसी र फ्रान्सीसी टोलीहरूले उनको निधनबारे अनुसन्धान गरे पनि कुनै तथ्यपूर्ण निष्कर्ष निकाल्न सकेनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्