त्रिविमा अबदेखि दलीय आधारमा नियुक्ति हुँदैन : मन्त्री श्रेष्ठ

Sumana_Shrestha
लोकपाटी न्यूज

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अबदेखि दलीय आधारमा नियुक्ति नहुने बताएकी छन्। आइतबार मन्त्री श्रेष्ठले त्रिवि ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएको जानकारी दिदैँ यस्तो बताएकी हुन्।

उक्त विनियमअनुसार विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा गर्नुपर्ने उल्लेख गरिएको छ। शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति रहेको मनत्री श्रेष्ठको ठहर छ।

उनले शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति रहेको बताइन्। यो विनियम मस्यौदा जारी गर्ने त्रिवि नेतृत्वप्रति उनले आभार प्रकट गरेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्