सांगीतिक कार्यक्रमका लागि मलेसिया गएका कलाकारसहित ३२ नेपाली पक्राउ

Malesia City
लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं, २७ जेठ। मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ परेका छन्। सांगीतिक कार्यक्रमका लागि भनी गएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको हाे।

‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन्। उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ।

कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयस्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपाली दूतावासले जनाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्