उड्ने कारको सफल परिक्षण, यस्ता छन् विशेषता

gudne car
लाेकपाटी न्यूज

काठमाडौं, १ असार । हामी कार गुड्दै आएको देखेको छौं तर, जर्मनीमा भने उड्ने कारको सफल परिक्षण गरिएको छ।

टेक्नोलोजीमा आधारित भई निर्माण गरिएको उक्त कार पहिलो त्यस्तो इलेक्ट्रिोनिक कार हो जसलाई वोलोकप्टर नाम दिईएको छ। जर्मनी कम्पनीले निर्माण गरेको उक्त कार सिधै टेकअफ र ल्याण्डिङ गर्न सक्षम छ। सुरक्षाको हिसावले पनि यो बलियो तवरमा निर्माण गरिएको छ।

हरेक उडानको समय रोबोटले उक्त कारको व्याट्रीको चेकजाँच गर्नेछ। गएको महिना बर्लिनमा भएको ग्रीनटेक फेस्टिवलमा मुख्य आर्कषण बनिसकेको यस कारले हरेक घण्टा अबको केही बर्षसम्म एक लाख यात्रीलाई वार गराउने लक्ष्य राखिएको छ।

यो कार प्रदुषणमुक्त रहेको छ। किनकी यसले नत धुवा फाल्छ नत कुनै आवाज नै निकाल्छ। सुरुवातमा २७ किमीसम्म २ जाना यात्रुलाई यात्रा गराउन सक्षम रहेको छ। अर्को वर्षसम्म यो कारले सम्पूर्ण उडान भर्न तयार हुनेछ। सबैभन्दा पहिले यसको उडान दुबई , जर्मनी र सिंगापुरमा हुनेछ।

यसको भाडा पनि सस्तो हुने भएकोले मानिसहरुले यसलाई सजिलै प्रयोग गर्न सक्ने दाबी गरिएको छ। यस कारको सफल परिक्षण र सेवा दिन थालेपछि यो क्रान्तिकारी परिवर्तन हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्