यसरी प्रयोग गर्नुस् आवाज सुनेर टाइप गर्ने गुगल डक्स

6
लाेकपाटी न्यूज

एजेन्सी । गुगलको नयाँ एप्लिकेसन गुगल डक्सको प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा लगातार बढोत्तरी भइरहेको छ।माइक्रोसफ्ट वर्डजस्तै गुगल डक्समा पनि प्रयोगकर्ताले बेसिक वर्ड प्रोसेसिङ फिचर तथा शर्टकटहरु प्राप्त गर्दछन्।गुगल डक्सको सबैभन्दा ठूलो विशेषता भनेकै के हो भने यसमा किबोर्डविनै अर्थात् बोलेरै टाइप गर्न सकिन्छ।

बिल्ट इन भ्वाइस टाइपिङ फिचरसँगै गुगल डक्समा अंग्रेजी, हिन्दी, नेपाली तथा अफ्रिकीलगायतका विभिन्न भाषाहरु पनि उपलब्ध छन्। यदि तपाइँ पनि गुगलको यो महत्वपूर्ण फिचरको प्रयोग गरी आफ्नो टाइपिङलाई फास्ट तथा सजिलो बनाउन चाहनुहुन्छ भने यसको प्रयोगका लागि तपाइँको डिभाइसको माइक्रोफोनले सही ढंगले काम गरेको हुनुहुन्छ।साथै डिभाइसमा इन्टरनेट कनेक्ट हुनुपर्ने तथा कम्प्युटरमा गुगल क्रोम ब्राउजर पनि इन्स्टल भएको हुनुपर्नेछ।

१.सबैभन्दा पहिले आफ्नो क्रोम ब्राउजरमा गुगल डक्स खोल्नुहोस्

२.नयाँ डकुमेन्ट सिर्जना गर्ने वा पहिले काम गरिरहेको डकुमेन्ट पुनः खोल्नका लागि ‘प्लस’ आइकनमा क्लिक गर्नुहोस्

३.त्यसपछि टूल्स अप्सनमा जानुहोस्

४.ड्रप डाउन मेन्यूबाट भ्वाइस टाइपिङ्ग अप्सन सेलेक्ट गर्नुहोस्

५.त्यसपछि स्क्रिनको माथि बायाँतर्फ माइक्रोफोनको एउटा आइकन देखा पर्नेछ। त्यसलाई ड्रयाग गरेर कहीँ पनि प्लेस गर्न सक्नुहुन्छ।

६. त्यसपछि माइक्रोफोन आइकनमा क्लिक गर्नुहोस् र माइक्रोफोन प्रयोग गर्नका लागि अनुमति दिने

७. अन्त्यमा माइक्रोफोनमा क्लिक गरेर बोल्न सुरु गर्नुहोस् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्