आज राति खण्डग्रास चन्द्रग्रहण : के गर्न हुन्छ, के गर्न हुँदैन ?

lunar-eclipse-sep
लाेकपाटी न्यूज

काठमाडौं, ३१ असार । आज मंगलबार राती खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। ग्रहण आज राती १२ बजेर २८ मिनेट देखि २ घण्टा ५८ मिनेटसम्म लाग्नेछ।

खगोलविद्हरुको भनाईमा, पुथ्वीको वायुमण्डलको छान्ने र परिवर्तित गर्ने प्रभावका कारण ग्रहणको समय चन्द्रमाको रंगमा भईरहेको परिवर्तन अनौठो लाग्ने खालको हुनेछ। आकास सफा रहे मुलुकका सबै भू(भागवाट खण्डग्रास चन्द्रग्रहण देख्न सकिने बताईएको छ।

चन्द्रग्रहण हेर्न खोज्नेले मध्यराती १ बजेर ४६ मिनेट देखि ४ बजेर ४४ मिनेटसम्म चन्द्रमाको केही भाग रातो लामा रंगमा देख्न सक्नेछन्। विपि कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका निमित्त कार्यकारी निर्देशक सन्तकुमार शर्माका अनुसार, चन्द्रमालाई मंगलवार बिहान १२ बजेर २८ मिनेट देखि विरल छायाँले ढाक्न शुरु गर्छ भने राती १ वजेर ४६ मिनेट देखि सघन छायाँले ढाक्नेछ ।

यस्तै बिहान ४ बजेर ४४ मिनेटदेखि चन्द्रमालाई सघन छायाले ढाक्न छोड्छ भने बिहान ६ बजेर २ मिनेट देखि विरल छायाँले ढाक्न छोड्नेछ। सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्को भनाई छ । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ।

आज दिउँसो ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ।