क्रिकेट संघमा नयाँ सहमति, चुनाव कहिले ?

CAN-ICC
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ३० भदौ। नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा एक साता पछाडि सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भएको छलफलले नयाँ मिति तय गरेको हो। अब असोज १० र ११ मा चुनाव हुनेछ।

यसअघि स्वतन्त्र टोलीले ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो। तर राखेपले आफूसँग अनुमति नलिएको भन्दै रोक्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्