नुवाकोट कांग्रेसका २ दर्जन कार्यकर्ता नेकपामा प्रवेश

3-9
लाेकपाटी न्यूज
0 Shares

नुवाकोट। नुवाकोटको सूर्यगढी गाउँपालिका–३ का २ दर्जन बढी कांग्रेस नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

नेकपा प्रवेश गर्दै कांग्रेस कार्यकर्ता ७४ वर्षीय सेतीमाया तामाङले नेपाली कांग्रेसको काम आफूलाई राम्रो नलागेकाले जीवनको उत्तरार्धमा नेकपा रोजेको बताइन्। त्यस्तै कांग्रेसका शंकर नेपालले नेकपामा प्रवेश गर्दा निकै खुसी लागेको बताए। उनले आफूले लामो समय सम्म नेपाली कांग्रेमा समय मात्र बर्वाद गरेकाले अबका दिनमा सच्चा कम्युनिष्ट बनेर पाटीको दस्तावेज अनुसार काम गर्ने बताए।

त्यस्तै पाटी प्रवेश गरेका मनोज पाख्रिनले पार्टीको सिद्धान्त अनुरुप समाज परिवर्तनका लागि काम गर्ने प्रतिवद्धता जनाए। पाटी प्रवेश गरेकाहरुलाई प्रदेश सांसद बद्री मैनाली र गाउँपालिका अध्यक्षका प्रत्यासी बिन्दा ढुंगानाले स्वागत गरेका थिए।

नेपाली कांग्रेसको परिपाटी राम्रो नभएको साथै नेपाली कांग्रेसमा आफ्नो राजनीतिक भविष्य र देशको उन्नति कुनै कुरा नपाएकाले बाध्य भएर पार्टी परित्याग गरेको नवप्रवेशीहरुको भनाइ छ।

सूर्यगढी गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधि पछिल्लो समय बिबादमा फस्दै गएको र सो क्षेत्रबाट बिगतमा जितेर मन्त्री बनेकाहरुले भ्रष्टाचारलाई संस्थागत गरेको र विकासका काममा सिन्को नभाँचेको भन्दै उनीहरुले कांग्रेस परित्याग गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्