बलिउड अभिनेता अक्षकुमारको पारिश्रमिक कति ?

Aksya_Kumar
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी। बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समयका निकै ब्यस्त छन्। गतवर्ष अर्थात २०१९ मा उनी बलिउडको सबैभन्दा बढी कमाउने अभिनेतासमेत बने। उनी सुपरस्टार वर्षमा एक फिल्म दिन सफल छन्। तर उनले वर्षमा ३ वा ४ फिल्म दिने गरेका छन्। त्यो पनि सुपर हिट ।

अक्षयकुमार यतिबेला रोहिट शेट्टीको फिल्म ‘सूर्यवंशी’ अभिनय गरिरहेका छन् भने निर्माता निर्देशक आनन्द एलरायले आफ्नो नयाँ फिल्मका लागि पनि उनलाई साइन गरेको चर्चा छ। आनन्दको फिल्ममा सारा अलि खान र धनुषको पनि अभिनय रहनेछ ।

एकपछि अर्काे फिल्म लगातार हिट दिएका अक्षयकुमारले अहिले आफ्नो पारिश्रमिक पनि बढाएका छन्। आनन्द रायको फिल्मका लागि पनि उनले १२० करोड पारिश्रमिक लिएको चर्चा छ। जुन फिस अहिलेसम्मकै महँगो हुने बताइएको छ। तर यस बिषयमा भने अक्षयकुमारले कुनै आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।

आनन्दको फिल्म छिट्टै घोषणा हुँदैछ । प्रेमकथामा बन्न लागेको यो फिल्मको सुटिङ केही महिनापछि सुरु हुने बताइएको छ। अहिले अक्षयकुमारसँग लक्ष्मी बमर र बच्चन पाण्डे नामका दुई फिल्म पनि हातमा छन्। यी फिल्मको काम उनले सूर्यवंशीपछि थाल्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्