जीप दुर्घटना: दुई जनाको ज्यान गयो

lokpati banner
लाेकपाटी न्यूज
0 Shares

पाल्पा। पाल्पाको तिनाउँ गाउँपालिका ५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको हो।

प्रहरी प्रधान कार्यालयले मृतकको पहिचान खुलिनसकेको बतायो। ज्यान जानेमा हुने दुवै पुरुष छन्।

जीपमा के कति यात्रु थिए यकिन भइसकेको छैन। प्रहरी टोली उद्धारमा खटिएको प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्