प्रहरी अधिकृतको हत्या

Death
लोकपाटी न्यूज
6 Shares

एजेन्सी। कोसोभोमा एक जना प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको सिमाना नजिक आपराधिक समूहले आक्रमण गर्दा ती प्रहरी अधिकृतको मृत्यु भएको हो।

सडकमा अवरोध सृजना गरेर बसेका आक्रमणकारीको समूहले प्रहरीलाई देख्ने बित्तिकै ग्रिनेडलगायत विष्फोटक पदार्थसँगै गोली वर्षाएको प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ। कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीले आक्रमणको निन्दा गर्दै त्यसलाई आतंकवादी कार्य भनेका छन्।

विभिन्न प्रकारका स्वचालित हतियार बोकेका आक्रमणकारीले गरेको जघन्य हत्याको उनले भर्त्सना गर्दै आतंकवादी गतिविधिमा बेलग्रेडको हात रहेको आरोप लगाएका छन्। बेलग्रेडका अधिकारीहरूको राजनैतिक एवं आर्थिक सहयोगमा आफ्नो देशमा संगठित आपराधिक समूहले आक्रमण गरिरहेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सर्बिया र कासोभोबीचको सम्बन्ध सुधारका निम्ति युरोपेली संघको मध्यस्थता ब्रसेल्समा दुवै देशका नेताबीच भएको वार्ता असफल भएका एक सातापछि यो घटना भएको हो। दुई दशकभन्दा बढी समयदेखि बिग्रिएको बाल्कन क्षेत्रका यी दुई छिमेकीबीचको सम्बन्ध सुमधुर तुल्याउन तथा जारी विवाद समाधानको प्रयास युरोपेली संघले गर्दै आएको छ।

ब्रसेल्स वार्ता परिणामविहीन भएपछि द्विपक्षीय कूटनीतिक गतिरोध पनि कायम नै छ। प्रिस्टिनाले गत मे महिनामा चार सर्वहरूको बाहुल्य रहेका चार नगरपालिका प्रमुखमा जातीय अल्बेनियालीलाई स्थापना गर्ने निर्णय गरेपछि आपसी द्वन्द्व चर्किएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्