सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगीताका बिजेता खेलाडीलाई पर्वतमा स्वागत

pic 2
लोकपाटी न्यूज
0 Shares

निर्मल पौडेल/ पर्वत,१३ चैत। १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगीतामा २०७८ मा सफल हुने पर्वतका खेलाडीलाई कुश्मामा स्वागत गरिएको छ। पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय प्रतियोगीतामा सफल हुने खेलाडीहरुलाई शनिबार जिल्ला खेलकुद बिकास समिति पर्वतले सदरमुकाम कुश्मामा स्वागत गरेको हो।

जिल्ला खेलकुद विकास समिती पर्वतको सभाहलमा जिल्ला खेलकुद बिकास समिती पर्वतका सदस्य सचिव जगदीश कुवँर र माओवादी केन्द्रका युवा नेता तथा पर्वत अस्पताल बिकास समिती पर्वतका अध्यक्ष शंकर गिरिले अविर र खादा लगाएर गरेका थिए।

७ हजार भन्दा बढीले सहभागीता जनाएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पर्वतका खेलाडीले राम्रै स्थान हाँसिल गरेका हुन्। बिजेता खेलाडी हरुलाइ स्वागत गर्दै युवा नेता गिरिले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर प्रथम,द्धितिय स्थान हासिल गर्न सफल र अन्य मेडल प्राप्त गर्ने खेलाडीहरुलाई बधाई व्यक्त गरे। गिरीले प्राप्त पुरस्कार खेलाडीले मात्र प्राप्त गरेको नभएर समग्र पर्वतबासीले प्राप्त गरेको भन्दै पर्वतबासीका लागि गर्वको कुरा भएको बताए।

गिरीले आफू पनि खेलप्रेमी भएको भन्दै पर्वतमा खेलकुदको विकास गर्न सम्बन्धित निकायसँग पटकपटक कुराकानी गरेको सुनाउदै आफू सदैव खेलाडीको साथमा रहेको जिकिर गरे। कार्यक्रममा जिल्ला खेलकुद बिकास समिती पर्वतका सदस्य सचिव जगदीश कुवँरले सफल खेलाडीलाई बधाई दिँदै खेलाडीले प्राप्त गरेको पुरस्कारले जिल्लाको खेल क्षेत्रमा इट्टा थप्न सफल भएको उल्लेख गरे। गुरुङले खेलकुदमा जित्नु मात्र ठूलो नहुने भन्दै जितलाई उचाइमा पुर्याउन निरन्तरता दिइराख्नुपर्ने बताए। स्वागत कार्यक्रममा युवानेता मिनराज केसी अविरल,जिल्लाका खेलाडी एवं खेलप्रेमीहरुको उपस्थित रहेको कार्यक्रमको सञ्चालन खेलकुद विकास समिति पर्वतका सदस्य सुजन बिकले गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्