लुका मोडरिकले हात पारे ‘फिफा उत्कृष्ट खेलाडी’ अवार्ड

https://lokpati.com/wp-content/uploads/2018/09/Luca-Medric.jpg
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ९ असोज । फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यस पटक भने क्रोएसिया तथा रियल मेड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् ।

यस पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।

मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए । उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए ।

त्यस्तै ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्