मेरो देश डुब्न लाग्यो : माधव नेपाल

लाेकपाटी न्यूज
0 Shares

‘मेरा देश डुब्न लाग्यो किनारा लगाइदेऊ
कोही छौं कि माझी किनारा लगाइदेऊ’

सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको अन्तिम बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले निकै भावुक सम्बोधन गरेका छन् ।

उनले एउटा गीतबाट आफ्नो सम्बोधन सुरु गरे । उनले बलात्कारपछि हत्या गरिएकी कञ्चरपुरकी निर्मला पन्त र एसिड आक्रमणबाट ज्यान गुमाउन पुगेकी सम्झना दासको प्रसंग झिकेर देशमा दण्डहिनता मौलाएको, भ्रष्टाचारीले टाउको ठाडो गराएको र जनता झनै निराश हुँदै गएको बताए ।

नेता नेपालले अब जनताले भाषणमा नभई व्यवहारमा काम र परिणाम हेर्न चाहेको बताए । भरखरै आफुले पढेको ‘रजगज’ नामक उपन्यासको प्रसंग उठाउँदै उनले देश झनै कहाली लाग्दो अवस्थामा पुगेको बताए ।

भ्रष्टहरुनै उच्च तहमा पुगेको, कालो सूचिमा परेका नै पुरस्कृत भएको अवस्थाले आफुहरुको शिर निहुरिएको बताए । उनले प्रश्न गरे, ‘यो बेथिति देख्दा जनता के सोच्दा हुन् ?’

उनले राष्ट्रियतामाथि गम्भीर प्रश्न उठिरेहेको अवस्थामा, शान्ति र सुरक्षा कमजोर भएको अवस्थामा गृह प्रशासन मौन रहेकोमा चिन्ता व्यक्त गरे । उनले, ‘गृहमन्त्री कहाँ छन् थाहा छैन, गृह प्रशासन कहाँ छ थाहा छैन, खुलेआम देश टुक्राउनेलगायतका भिडियो सार्वजनिक भइरहदा, राष्ट्रियतामाथि गम्भीर प्रश्न उठिरहदा गृह प्रशासन किन मौन रह्यो जनता जान्न चाहान्छन् ।’

नेता नेपाल सरकारले गरेका राम्रा कामको प्रसंसा गर्दै यो बीचमा देखिएका जनताका असन्तुष्टी र सुशासनमा देखिएका समास्या हल गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्