यस्ता छन् अम्बाको पात खानुका फाइदा

लाेकपाटी न्यूज

काठमाडौं । अम्बा हाम्रो घर वरपर पाइने फल हो । यसको फलमा सबैको आँखा जान्छ तर पातलाई वास्ता गर्दैनन् । अम्बाको पात खाएमा मानव स्वास्थ्यलाई फाइदा पुर्‍याउने अध्ययनले समेत प्रष्ट पारिसकेको छ । त्यस्तै आज हामी तपाईलाई अम्बाको पात खानुको फाइदाबारे बताउँदैछौं ।

अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि अति लाभदायी हुने गर्छ ।

अम्बाको पातको रस निकालेर नियमित पिएमा शरीरको तौल घटाउन सकिन्छ

कपाल र छाला स्वस्थ बनाउन पनि अम्बाको पातको प्रयोग उपयोगी हुन्छ ।

लगभग ४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखालासमेत नियन्त्रण गर्न सहयोग गर्छ ।

अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन मदत गर्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्