के बच्चाको कानमा तेल हाल्न हुन्छ ?

लोकपाटी न्यूज
0 Shares

एजेन्सी। गाउँघरमा अझै पनि अभिभावकले बालबालिकाको कानमा तेल हाल्ने गर्छन्। बुढापाकाले कानमा तेल राख्दा बच्चाको कान सफा हुन्छ, तेज हुन्छ भन्ने गरेको त सुन्नुभएको होला।

डाक्टर तथा स्वास्थ्य विशेषज्ञका अनुसार कानमा तेल हाल्दा सफा अथवा तेज हुने नभई झन् समस्या निम्त्याउन सक्छ। यो एकदमै गलत हो। कानेगुजी आफैँमा तेल हुने भएकाले कानमा छुट्टै तेल हाल्नुपर्दैन।

कानमा तेल हाल्दा कानेगुजीलाई पुलाइदिन्छ। कानेगुजी फुलेपछि बच्चाहरूलाई अप्ठ्यारो हुन्छ। र, उनीहरूले कान कोट्याउन थाल्छन्। कोट्याउने क्रममा बालबालिकाले घाउ बनाएर कान दुख्न थाल्छ। तेल भएको कानमा चिसो पानी पस्यो भने फंगल संक्रमण पनि हुन्छ। फंगल संक्रमण भए कान चिलाउँछ र यसले समस्या उत्पन्न हुन्छ।

कानको संक्रमण

साना बच्चाहरूको कानमा कहिल्यै पनि तेल राख्नु हुँदैन। कानमा तेल राख्दा बच्चालाई संक्रमण हुन सक्छ। तेलमा विभिन्न प्रकारका प्राकृतिक ब्याक्टेरिया पाइन्छन्, जो कानको भित्री भागमा पुगेर संक्रमण बढाउन सक्छन्। कतिपय अवस्थामा कानमा तेल राख्दा त्यहाँ धुलो माटोहरू टाँसिन्छ जसले गर्दा फंगल इन्फेक्सनको कारण बन्न सक्छ।

कानको जालीलाई नोक्सान

बच्चालाई कानमा तेल राख्दा यसले कानको जालीलाई हानी पुर्‍याउन सक्छ। स्वास्थ्य विशेषज्ञहरूको भनाइअनुसार तेल कानको जालीमा गएर टाँसिन्छ जसले बच्चालाई सुन्न पनि समस्या हुन सक्छ। नियमित गर्ने यस्तो गल्तीले भविष्यमा गएर बच्चा कान नसुन्ने पनि हुन सक्छ।

घाउ बन्न सक्छ

कानमा अत्यधिक चिल्लोले फोहोर टाँसिदा संक्रमण बढेर घाउ बन्ने सम्भावना हुन्छ। जो पछि गएर पाकेर पिप आउने, सुन्निने, दुख्ने आदि समस्या हुन्छ। त्यसैले बच्चाको कानमा कहिल्यै पनि तेल राख्नु राम्रो हुँदैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्