गर्दनमा कालो दाग बस्छ ? यसरी हटाउनुस्

Dag
लाेकपाटी न्यूज

काठमाडौं । मानिसहरु बढी अनुहारको सुन्दरतामा ध्यान दिन्छन् । तर, गर्दनमा खासै वास्ता गर्दैनन् । फलस्वरुप: गर्दनमा कालो दाग बस्न पुग्छ । यस्तै आज हामी तपाईलाई यस्तो उपायबारे जानकारी दिन गइरहेका छौं कि जसले तपाईको गर्दनको कालो दाग एक महिनामै हट्छ । यस उपायको असर १० दिनदेखि नै देखिन सुरु गर्छ । ब्यूटी एक्सपर्टका अनुसार यसलाई हटाउन तपाईले धेरै मेहनत गर्नु पर्दैन । तपाईले जम्मा दुई चीजको प्रयोग गरे पुग्छ । एक कागतीको रस र अर्को गुलाब जल ।

विधि

एउटा फ्रेस कागतीको रस निकालेर गुलाबजलसँग मिसाउनुहोस् । त्यसलाई सुत्ने कालो गर्दनमा लगाउनुहोस् । बिहान उठेर सफा गर्नुहोस्/धुनुहोस् । त्यसपछि कालो गर्दन गोरो हुन थाल्नेछ ।

तपाईले बेसार र कागतीको रस प्रयोगमार्फत पनि गर्दनको कालो हटाउन सक्नुहुनेछ । यी दुई चीज मिसाएर करिब १०-१५ मिनेट गर्दनमा दल्नुहोस् । अनि हल्का मनतातो पानीले पखाल्नुहोस् । तपाईको स्किनमा ग्लो आउन थाल्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्