सलमानले बलिउड भित्र्याएको स्नेहाले भेटिन् नयाँ प्रेमी

Sneha
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । बलिउडमा यस्ता केही अभिनेत्री छन् जसलाई सलमान खानले भित्र्याएका छन् । सलमानले स्नेहा उल्लाललाई पनि बलिउडमा स्थान दिए । सलमानले ऐश्वर्यासँग ब्रेकअप भएपछि उल्लाललाई बलिउड इन्ट्री गराएका थिए । सलमानले ऐश्वर्यालाई मात दिन उनको कपी भनिने उल्लाललाई बलिउडको यात्रा गराए । ‍

तर, अहिले स्नेहा बलिउडबाट गायब भएपनि उनको प्रेम सम्बन्धलाई भारतीय सञ्चारमाध्यमहरुले चासो दिएका छन् । रिपोर्ट्सका अनुसार स्नेहा आजकाल अल इंडिया मिक्सड मार्शल आर्ट्स एसोशिएशन (AIMMAA)का निर्देशक अवि मित्तलसँग डेट गरिरहेका छन् ।

दुवैको डेटिङको खबर बाहिर आइरहेको छ । दुवैको मायाको कुरा परिवारसम्म पुगेको बताइएको छ । उनीहरुले माल्दिभ्समा छुट्टीसमेत मनाइसकेका छन् । जसको तस्बिर स्नेहाले सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन् ।

सन् २००५ मा सलमान खानले स्नेहा उल्लालसँग फिल्म ‘लकी-नो टाइम फर लभ’मार्फत डेब्यू गराएका थिए ।

View this post on Instagram

Mad people #foreverkindofpeople

A post shared by sneha ullal (@snehaullal) on

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्