उपभोक्तावाद : ‘जसले मृगौला बेचर आइफोन किन्छ’

srikrishna adhikari
समाजभित्र म पनि छु । स्वयं म, आफू बाँच्नका लागि गाउँघर, छर–छिमेक, देश–समाज बाँच्नुपर्छ । पार्टी, विचार, नेतृत्व सामूहिकता बाँच्नुपर्छ । विचार, नीति, नेतृत्व बँचे म पनि बँच्छु । जनता र कार्यकर्ताको रक्षा गर्न सकेमात्र नेतृत्व सुरक्षित हुन्छ । सोच र आचरणमा रुपान्तरण आजको हाम्रो मूख्य आवश्यकता हो ।
लाेकपाटी न्यूज
0 Shares

– श्रीकृष्ण अधिकारी

आजको युग विज्ञान र प्रविधिको विकासले गुणात्मक फड्को मारेको युग हो । भूमण्डलीकृत अहिलेको विश्वमा विकसित पुँजीवादी मुलुकहरूले अत्याधुनिक प्रविधिको भरपुर प्रयोग गरेर उत्पादन गरिरहेका बहुउपयोगी सुबिधासम्पन्न सामानहरूले आजको दुनियालाई खर्च गराउनका लागि झनझन् हौंस्याउँदै लगिरहेको छ । दिनानुदिन मिडियामा गरिने बिज्ञापन र बजारमा देखिने रंगीबिरङ्गी नयाँ, नौलो र आकर्षक वस्तुहरूले विश्व बजारलाई प्रभावित मात्रै गरेको छैन, बजारको एकाधिकारका लागि आफूतिर ध्यान खिच्न मौलिकतासहितको आकर्षक उत्पादन क्षमता देखाउन प्रतिस्पर्धा चलिरहेको छ ।

चाइनाले आजको मनोविज्ञान र आर्थिक स्थिति हेरेर लेवल र रुचिअनुसारको सामान उत्पादन गरी विश्व बजारलाई आकर्षण गरेको मात्र छैन, विश्व बजारमा चिनियाँ उत्पादनले प्रभाव जमाइरहेको छ । उसको उत्पादनको नयाँ–नयाँ मोडलले चमत्कारपूर्ण छलाङ लगाइरहेको छ ।

प्रविधिको चमत्कारसँगै आजको गुगलाइज दुनियाँमा विश्वको एउटा कुनाबाट अर्को कुनासम्म पुग्न कुनै आइतबारको विषय रहेन । अति विकसित पुँजीवादी राष्ट्रहरूमा चलिरहेको बजारको प्रतिस्पर्धासँगै हरेक दिन फेरिएर आउने उपभोग्य वस्तुको प्रभावले अल्पविकसित देशका जनताको उपभोगको चेतनालाई पनि त्यही रफ्तारमा तरंगित बनाएर कुदाइरहेको छ । खास गरिकन अविकसित देशहरूमा यस प्रकारका भौतिक सामाग्रीहरूको उपभोगको अधिक चाहना हुन हुँदैन भन्ने त होइन । तर, आर्थिक बिपन्नताका कारण उनीहरूका ईच्छाहरू कुण्ठित हुन पुग्छ । सोमालिया, युगाण्डा मात्र होइन, भारत र नेपालमा पनि आइफोन किन्न मृगौला बेचेका घटनाहरू दर्जनौं छन् । भौतिक चाहना पूरा गर्न अपराधको बाटोमा धकेलिन पुगेका अनेकौं उदाहरणहरू छन् । चोरी, लुट, डकैती, तस्करी र देह ब्यापारका थुप्रै घटनाहरू घटेका छन् ।

हाम्रो आर्थिक विकासको स्थिति संक्रमणकालिन परिस्थितिबाट गुज्रिरहेको छ । आर्थिक विकासको अवस्था असमान छ । आधारभूत जनताको जीवनमा फेरबदल ल्याउन कम्युनिष्ट सरकार नीतिगत हिसाबमा प्रयत्नशील छ । तर, आर्थिक ब्यवस्थापनका हिसाबले जनजीवनमा परिवर्तन आउन सकेको छैन । आर्थिक, साँस्कृतिक सामाजिक रूपमा सामन्तवादी चेतनाको अवशेष अझै हामीकहाँ देख्न सकिन्छ । हाम्रा सीमा र कमजोरीहरू आफ्ना ठाउँमा छन् । जनभावनाको सम्मान गर्न हामीले सक्नैपर्छ । औपचारिकताको फन्दाबाट उठेर व्यवहारको कडी समाउनैपर्छ ।

हो, देशको विकास गर्न दत्तचित्त भएर लाग्नुभन्दा हामीलाई अरु कुरा सोच्ने समय छैन । आफ्नै क्षमतामा विज्ञान र प्रविधिको प्रयोगबाट राष्ट्रिय उत्पादनमा तिब्रता दिन सक्नुपर्छ । हाम्रो उत्पादनमा आत्मनिर्भर हुन अझै हामीलाई केही वर्ष लाग्छ । देश राष्ट्रिय उत्पादनमा निर्भर हुन थालेपछि राष्ट्रिय अर्थतन्त्र बलियो हुन्छ र समाजवादको आधार तयार हुन्छ । हामीसँग अत्याधुनिक औजार र प्रविधि हुन्थ्यो भने अहिले सुरू भएका विकास निर्माणका सबै योजनाहरू सम्पन्न भएर तिनले सेवाका परिणाम दिने भइसकेका हुन्थे ।

नमिता सुनिता काण्ड, राजतन्त्रले घटाएको होइन र ? छिन्ताङ र पिस्कर काण्ड राजतन्त्रको उपहार होइन र ? वीरेन्द्रको बंशनास राजतन्त्रकै पालामा भएको होइन र ? पारस शाहको उदण्डता नेपाली जनताले भुलिसके होलान् र ? त्यस्तो निरंकुश राजतन्त्रको कुनै गुञ्जायस हुन्छ र ? आजको आधुनिक युगमा मध्यकालीन राजतन्त्रको प्रेतात्मा जगाउन सम्भव होला ?

अझै पनि हाम्रो कुरा र काम सँगसँगै हिंड्न सकेको छैन । हाम्रो विकास असमान छ भन्दैमा प्रविधिको विकासको नियमले हाम्रो विकासको असमानतालाई हेर्दैन र हामीलाई कुर्दैन । विकासको नियम गतिशील छ । आज, हाम्रो बजारमा हरेक दिन फेरिएर देखिने नौला नौला वस्तुको भेलबाडी आयतित भइरहेको छ । हाम्रो उर्जाशील श्रम सस्तो मूल्यमा वैदेशिक बजारमा खपत भइरहेको छ । उत्पादनमूलक ब्यवसायिक शिक्षा नहुनुका कारण हाम्रो मस्तिकमा अझै पनि परनिर्भर चेतना हावी छ । त्यसरी नै हाम्रो चेतना पनि विकास भइरहेको छ ।

राजनीतिक परिवर्तनसँगै भौतिक वातावरणमा आएको परिवर्तनले हाम्रो चेतनामा पनि उथलपुथल ल्याएर हाम्रा मस्तिकहरूलाई खल्बल्याइरहेको छ । आज–भोलि बजारमा एक हप्ताअगाडि देखेको सामान हप्ता दिनपछि हेर्दा पूरानो मोडलको मन नपर्ने भइसकेको हुन्छ । हाम्रो सोच्ने तरीकामा पनि एकाङ्कीपन देखा परिरहेको छ । एकातिरबाट हेर्दा यो पनि राम्रो छैन, त्यो पनि राम्रो छैन, यो पनि ठीक छैन, त्यो, पनि ठीक छैन, भन्ने लाग्छ । अर्कोतिरबाट हेर्दा सबै ठीक छ, सबै राम्रो छ, भन्ने लाग्छ ।

विकासको सापेक्षित नियमबाट वस्तुलाई हेर्ने, बुझ्ने, विश्लेषण गर्ने कुरामा हाम्रो सोच्ने तरीकाले निष्पक्ष बनाउन सकेको छैन । एकथरिलाई ‘राम्रोलाई राम्रो हो’ भन्न पसिना आउँछ । अर्कोथरिलाई ‘नराम्रोलाई नराम्रो भन्न’ पसिना आउँछ । यो नै विकासबाधक सोच हो । समकालीन विश्वको विकासको गतिमा हाम्रो विकासको असमानता र उपभोगको आयातित संस्कृतिले हाम्रो सोच्ने तरीकामा अस्थिरता पैदा गाराइदिएकै छ । शहर बजारदेखि गाउँबस्तीका कुनाकाप्चासम्मका आर्थिक हैसियत भएका नभएका जनतालाई नयाँ–नयाँ उपभोग्य वस्तुको आयातले सभबैलाई लोभ्याएकै छ । लोभको मात्र बढेर गएको छ ।

अत्याधुनिक सुविधासहितको उपभोग्य वस्तुको प्रयोगका सन्दर्भमा बिपन्न वर्ग प्रयोगको अधिक चाहना हुनुलाई विज्ञानको आविश्कारले अपराध ठान्दैन । उत्पादन र बितरणको असमानताको बिभेदपूर्ण व्यवहारबाट विज्ञान र प्रविधिले आविश्कार गरेका भौतिक उपभोग्य साधनको उपयोगको अवसरबाट बिपन्न वर्ग बञ्चित छ ।

आवश्यकताको दृष्टिले मोवाइल, टिभी, कम्प्युटर, ट्याव, ल्यापटपदेखि हिटर, फाइन, ओपन, फ्रिज, वासिङ मेसिनसम्म शहर बजारको आवश्यकता मात्रै नभएर गाउँबस्तीका अनकन्टार ठाउँहरूसम्म सबैको आधारभूत आवश्यकता बनिसकेको छ । बाइक, कार, ल्याण्डक्रुजर, मध्यम वर्ग र प्राडो, पजेरोदेखि करोडौं मूल्यसम्मको अत्याधुनिक सवारी साधनको उपभोग केवल उपल्लो सम्भ्रान्त वर्गले मात्र गर्नसक्ने कुरा भयो । आज बजारमा जे–जति भौतिक उपभोग्य वस्तुहरू फेरिन्छन्, भने जति मूल्य चुकाएर उपभोगको आनन्द लिन सम्भ्रान्त वर्गले सकेको छ ।

म विकासको बिरोधी होइन । उपभोगको बिरोधी पनि होइन । कसैले खाएको लाएकोमा मेरो आरोप पनि होइन । अवसरबाट बञ्चित रहनुपर्छ भन्ने भनाइ पनि छैन । तर, आज आफ्नै बलबुता र क्षमतामा उभिएर हामीले गरेको विकासको स्तर के छ ? हाम्रो आफ्नो उत्पादनको अवस्था के छ ? त्यसलाई हेरेर उपभोगमा भन्दा उत्पादनमा जोडदिने नीति लिनु बर्तमानको आवश्यकता होइन र ? विकासको समान बितरणका लागि चेतनाको वृद्धि र हाम्रो विविधतापूर्ण समाजको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न आजको महत्वपूर्ण सवाल हो ।

आज सडकमा जे–जति बिरोधका श्वरहरू सुनिँदैछन्, ती हाम्रो समाजमा हुने–खानेहरूमध्येको सचेत र वौद्धिक तप्काको एउटा हिस्सामात्र देख्छु म । उहाँहरूले एउटै मात्र चिन्ता व्यक्त गरेको पाइन्छ, त्यो हो, ‘अवसर र अधिकारको उपभोग गर्न पाइएन, अवसर दिन नसक्ने नालायक सरकार छ ।’ यसलाई आम असन्तुष्टिमा बदल्न प्रयत्न भइरहेको देखिन्छ । हिजो र आज हामीकहाँ एउटा यस्तो प्रवृत्ति सतहमा आइरहेको छ, पक्ष–प्रतिपक्ष, नयाँ–पूरानो, माथि–तल जताबाट आए पनि, यो प्रवृत्तिका मानिसहरू प्रस्तुतिमा जसरी पेश भए पनि त्यसको अन्तर्यबाट हेर्दा अवसर र अधिकारको कुरा बाहिर जनतातिर देखाउने तर अवसर र अधिकार चाहिँ आफूतिर सोझ्याउने चलाखीभन्दा अरू केही भेटिँदैन ।

नेपालको राजनीतिमा दुई दशकभन्दा लामो सत्ता चलाएर आएको हाम्रो प्रतिपक्षी दल आजभोलि सरकारको चौतर्फी बिरोध गरिरहेको छ । हिजो विकासको सबै आधार खडा गरेर जनताका आवश्यकता उसले सबै पूरा गरेको थियो, आज कम्युनिष्टहरू सरकारमा आएपछि ती सबै खोसियो, भत्कियो र बिग्रियो भन्दै कोकोहाल मच्चाएर जनतालाई दिग्भ्रमित पार्न खोजिएको छ । जनताले त बुझेको छ नि २२ वर्ष हाम्रो प्रतिपक्षले चलाएको सरकारको हविगत के थियो र के गर्यो ? भन्ने कुरा । हिजो आफू सत्तामा छँदा प्राप्त अवसर र सुविधाहरूको उपभोगबाट कट्नुको पीडा र कुण्ठाले कांग्रेस छट्पटाएको हो भन्ने प्रष्ट छैन र ?

चियाको चुस्कीमा रमाउँदै विकृत आलोचना गर्नमा समय बर्वाद गर्नुभन्दा सकारात्मक काममा लाग्नु समयको माग हो । विकसित देशका जनताले आफ्नो राष्ट्र र समाजप्रति गरेका योगदानबारे पनि थाहा छ हामीलाई । राज्य सबल हुनका लागि जनता रचनात्मक र सहयोगात्मक हुनपर्छ ।

एकथरि मान्छेहरू मसानघाटबाट राजतन्त्रको मृतआत्मा जगाउने ध्याउन्नमा लागेका छन् । नेपालको इतिहासमा २४० वर्ष एकछत्र राज गरेको राजतन्त्रले विकास, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा के उपहार दियो भन्ने कुरा जनताले भुलेको छ र ? नमिता सुनिता काण्ड, राजतन्त्रले घटाएको होइन र ? छिन्ताङ र पिस्कर काण्ड राजतन्त्रको उपहार होइन र ? वीरेन्द्रको बंशनास राजतन्त्रकै पालामा भएको होइन र ? पारस शाहको उदण्डता नेपाली जनताले भुलिसके होलान् र ? त्यस्तो निरंकुश राजतन्त्रको कुनै गुञ्जायस हुन्छ र ? आजको आधुनिक युगमा मध्यकालीन राजतन्त्रको प्रेतात्मा जगाउन सम्भव होला ? गणतन्त्र र यसका उपलब्धिलाई स्वीकार गर्दै विकास र समृद्धिको यात्रामा हातेमालो गर्नु एवं जनता र देशको सेवामा लाग्दा नै हिजोका राजा–महाराजा र तिनका समर्थकले मोक्ष पाउँछन् ।

हामी असाध्यै आत्मकेन्द्रित हुन थालेका छौं । सारतः त्यो प्रवृत्ति यत्रतत्र, सर्वत्र छ । आफ्नो क्षमताले भ्याए जति र सक्ने जति सबै आफूतिर तान्न र आफ्नो पोल्टामा पार्न स्वार्थमा घुँडा धसेकै देखिन्छ । अरूको बद्खाँई र आलोचना हामीलाई असाध्यै मनपर्ने भएको छ । प्रतिगमन र उपभोक्तावादी संस्कृतिले फणा फिजाएर हामीलाई कसरी निल्न खोज्दै छ भन्ने अलिकति हेक्का छैन हामीलाई । तर, सर्पले निल्न लागेको भ्यागुतोजस्तो झिङ्गा निल्नका लागि ‘झिङ्गे–दाउ’ रच्दै छौं हामी । न्यायपूर्ण आर्थिक समृद्धिको अधिकारसहितको विकास, समृद्धि, उपभोगको प्रत्यक्ष अनुभूति गर्न पाउनु हाम्रो आवश्यकता र अधिकार दुवै हो । यसका लागि बर्तमान सरकार जवाफदेही हुनैपर्छ । समाजभित्र म पनि छु । स्वयं म, आफू बाँच्नका लागि गाउँघर, छर–छिमेक, देश–समाज बाँच्नुपर्छ । पार्टी, विचार, नेतृत्व सामूहिकता बाँच्नुपर्छ । विचार, नीति, नेतृत्व बँचे म पनि बँच्छु । जनता र कार्यकर्ताको रक्षा गर्न सकेमात्र नेतृत्व सुरक्षित हुन्छ । सोच र आचरणमा रुपान्तरण आजको हाम्रो मूख्य आवश्यकता हो ।

चियाको चुस्कीमा रमाउँदै विकृत आलोचना गर्नमा समय बर्वाद गर्नुभन्दा सकारात्मक काममा लाग्नु समयको माग हो । विकसित देशका जनताले आफ्नो राष्ट्र र समाजप्रति गरेका योगदानबारे पनि थाहा छ हामीलाई । राज्य सबल हुनका लागि जनता रचनात्मक र सहयोगात्मक हुनपर्छ । हो, राज्यका जिम्मेवार निकायहरू जनताप्रति जवाफदेही हुनैपर्छ । राज्यको काम सेवा र परिणाममूखी हुनुपर्छ । राज्यलाई सहयोग गर्ने दायित्व जनताको पनि हो । जनताको रक्षा गर्ने काम सरकारको हो । आर्थिक विकासले पर्याप्त गति लिएर सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्दै आधारभूत जनताको आर्थिक स्थितिमा सुधार आउने परिस्थिति नबन्दासम्म देश डुब्यो भनेर चिन्तामा डुबिरहेका र देश बनाउने चिन्तामा डुबिरहेका सबै तह, क्षेत्र र वर्गका जनताले राष्ट्र र जनताको हितका लागि लचकतापूर्वक सादा जीवन र उच्च विचार अपनाउन लाग्नु बुद्धिमतापूर्ण काम हुनेछ ।

हामी संविधान कार्यान्वयनमा छौं, संघीयता कार्यान्वयनमा छौं आर्थिक हिसाबले हामी सरकारका तीनवटा तहमै संक्रमणमा छौं । प्रविधिको अधिकतम् प्रयोग गर्दै भौतिक पूर्वाधारको विकास गरेर आफ्नै उत्पादनको क्षमतामा बृद्धि गरी आत्मनिर्भर हुनुछ । देश बनाउने दायित्व बोकेका हाम्रा तीनै तहका राज्य सञ्चालकहरूले आफ्नो सेवा सुविधाको चिन्ता गर्दैगर्दा आजको हाम्रो आर्थिक विकासको स्तर, चुनौति र जनताको आर्थिक जीवनस्तर सुधारमा इमान्दार पहल गर्न सक्नैपर्छ ।

प्राचीन भारत वर्षका कौटिज्य शास्त्रका गुरू, पाटलीपुत्र राज्यका अर्थमन्त्री चाणक्यको आार्थिक नीतिबाट हामीले सिक्नैपर्दछ । राज्यकोषको भौतिक श्रोत साधनहरूको उपभोग र लिने सेवा सुविधामा मितव्ययिता अपनाउँदै हामीले सरलता र सादा जीवनको परिचय एकपटक नेपाली जनतालाई दिनैपर्छ । जनताको हामीप्रतिको मायाको अटुटता र हाम्रो भविष्यको सुरक्षा यसैमा अन्तर्निहित छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्