वाइडबडीमा संलग्नलाई कारवाही गर्नुपर्छ : देउवा

Sher Bahadur Deuba
लाेकपाटी न्यूज
0 Shares

धनगढी, ३० पुस । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा संलग्नलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

सोमबार धनगढीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा देउवाले भने, ‘विमान खरिदमा अनियमितता गर्ने दोषीमाथि कारवाही गर्नुपर्छ ।’ उनले आफ्नो नेतृत्वको सरकारले वाइड बडी जहाज खरीद गर्ने निर्णय नगरेको स्पष्ट पारे । देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामानै उपसमिति गठन गरेर वाइडबडी जहाज खरिद प्रक्रिया शुरु गरिएकोमा पुष्पकमल दहाल नेतृत्वको सरकारले जहाज खरीदका लागि जमानत बसेर बोलपत्र आह्वान गरेको जिकिर गरे । वाइडबडी प्रकरणमा आफ्नो नाम जोडेर भ्रम फैलाइएकामा देउवाले दु:ख व्यक्त गरे ।

सोही क्रममा देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधिमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गरेका छन् । ‘कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीलाई सरकारले लुकाउने काम गरेको छ, दोषीलाई कारवाही गर्न मिडियाले दबाब दिनुपर्छ,’ देउवाले भने ।

चिकित्सा शिक्षालाई स्तरीय र युग सुहाउँदो बनाउन डा. गोविन्द केसीसँग वार्ता गरेर आफ्नो नेतृत्वको सरकारले विगतमा ऐन ल्याएको देउवाले बताए । उनले अहिलेको सरकारले उक्त ऐन अध्यादेशमार्फत संशोधन गर्न खोजेको प्रति विरोध जनाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्