दिनमा कति बेला, कति पानी पिउने ? (८ टिप्स्)

water drinking
लाेकपाटी न्यूज

पानी कति पिउने, कसरी पिउने र कहिले पिउने ? यसबारे मानिसमा ठूलो अन्योल छ । धेरै मानिसले धेरै तरिकाले यसबारे बताउन सक्छन् । तर, पानीको मात्रा र समयबारे भने आयुर्वेदको आफ्नै नियम छ ।

आयुर्वेदका अनुसार सही समय र मात्रामा पिइयो भने पानीले औषधिको समेत काम गर्छ । तर, गलत तरिका र समयमा पानी पिउनाले शरीरमै हानि पुर्याउँछ । यसबारे आयुर्वेदिक डा. अबरार मुल्तानी यसरी बताउँछन्ः

बिहान उठ्नेबित्तिकै पानी पिउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ । यसरी पानी पिउनाले यसले शरीरमा डिटाक्स बनाउँछ र मृगौलालाई स्वस्थ राख्ने काम गर्छ ।

धेरै मानिसको शारीरिक व्यायाम गरेपछि पानी पिउने बानी हुन्छ । तर, स्वास्थ्यका लागि भने व्यायाम गर्नुभन्दा १० मिनेटअगाडि पिउनु राम्रो मानिन्छ । यसले शरीरको शक्तिलाई कमजोर हुन दिँदैन ।

व्यायामपछि पिउने बानी भने पनि तत्काल पिउनु हुँदैन । शारीरिक व्यायाम गरेको २० मिनेटपछि पानी पिउने बानी गर्नुपर्दछ । यसो गर्दा शरीरलाई हाइड्रेट बनाइराख्छ ।

हामी चिया, कफी अत्यधिक मात्रामा सेवन गर्ने गर्दछौँ । तर, चिया वा कफी पिउनुअघि पानी पिउनु बढी हितकर हुन्छ । यस्तो बानीले शरीरमा एसिडिटीको समस्या हुन दिँदैन ।

धेरैलाई यसबारे थाहा नहुन सक्छ कि नुहाउनुअघि पनि पानी पिउन आवश्यक छ । यसरी पिउने पानीले शरीरको रक्तचापलाई सन्तुलनमा राख्ने काम गर्दछ ।

धेरै नेपाली खानसँगै पानी पिउने गर्दछन् । तर, स्वास्थ्यका लागि भने यो त्यति धेरै स्वस्थकर मानिँदैन । खाना खानुभन्दा ३० मिनेटपछि मात्र पानी पिउनुपर्दछ । यसो गर्दा पाचन प्रणाली चुस्त हुन्छ ।

अपराह्नको खाजा खानुभन्दा पहिले पनि पानी पिउनु उपयुक्त हुन्छ । यसरी पिएको पानीले खाजालाई हेभी बनाउन दिँदैन । र, पाचन प्रणालीमा समेत सुधार हुन्छ ।

हामी आफूलाई थकान वा टेन्सन महसुस भएका वेला छटपटाइरहेका हुन्छौँ । के गर्ने थाहा हुँदैन । यतिवेला पिएको एक गिलास पानीले ठूलो काम गर्दछ । यतिबेला पिएको पानीले मस्तिष्कमा रिल्याक्स गराउने काम गर्छ ।

रातको समय सुत्नुअघि पिएको पानीले पनि स्वास्थ्यका लागि ठूलो अर्थ राख्छ । यतिबेला पिएको पानीले स्ट्रोक र हर्टअट्याक हुनबाट बचाउने काम गर्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्