अफिसको तनावबाट कसरी मुक्त हुने ? (१० तरीका)

working lady
लाेकपाटी न्यूज

काठमाडौं । हरेक मानिसको जीवनमा केही न केही तनाव भएकै हुन्छ । विशेष गरी कार्यालयमा काम गर्ने कर्मचारीहरु तनावको शिकार बनिरहेका हुन्छन् । काम गर्ने कार्यातालिका नमिल्दा वा कामको बोझको कारण कतिपय व्यक्तिलाई कार्यालयमा धेरै तनाव हुने गर्दछ । जसको कारण कार्यसम्पादनमा नै समस्या आउँछ ।

प्राय मानिसहरु कार्यालयमा तनावमा बसेका हुन्छन् । कहिले काहीँ तनावले उनीहरु मुस्कुराउन विर्सिन्छन् । सानो कुरामा झिजो मान्ने चाँडो रिस उठ्ने जस्ता समस्या आउँछन् । अफिसमा कहिले काहीँ कामको चाँपले गर्दा तनाव व्यवस्थापन गर्न कठिनाई आउन सक्छ त्यस्तो अवस्थामा आफुले चलाखी अपनाएर वा तनाव व्यवस्थापन गरेर काम गर्न नसकेमा व्यक्ति स्वंयम् र कम्पनीलाई पनि ठुलो नोक्सान पुग्न सक्छ ।

जसकारण व्यक्तिको करियरमा समेत समस्या आउन सक्छ । यस्तो तनावलाई कम गर्न केही यस्ता विधिहरु अपनाउनुस् ।

कार्य क्षेत्र र निजी जीवनबीच सधैँ सन्तुलन मिलाउनु पर्दछ ।

कार्यालयमा हुने कर्मचारीको तनाव व्यवस्थापनका लागि सेमिनार वा वर्कसपजस्ता क्रियाकलापमा सहभागी हुनुपर्दछ ।

हरेक कुरामा चाहिनेभन्दा बढी चिन्तित नहुनुहाेस्, चिन्ता सबै समस्याकाे समाधान हाेइन बरु समस्याको सहज समाधान खोज्नुपर्छ ।

तनावको मुख्य कारण पत्ता लगाउनुहाेस् । एउटा छुट्टै डायरी नै बनाएर तनाव दिने विषयहरू नोट गर्दा  त्यस्ता विषयको लेखाजोखा गर्ने अभ्यासले प्रतिकूल घटनाबाट टाढा रहन सकिन्छ ।

उचित वातावरण नभए केही गर्ने उत्साह नै मनमा पलाउँदैन त्यसैले काम गर्ने राम्रो वातावरण तयार गर्नुपर्छ । यसमा टिम वर्क पनि महत्वपूर्ण हुन्छ ।

समय–समयमा आफूले गरेको कामको मूल्यांकन पनि गर्नुपर्छ, जसले सोचेको जस्तो प्रतिफल दिलाउँछ ।

कार्यालयमा केही आराम गर्ने समय छुट्याउनुस् । तनावको वातावरण सिर्जना हुनासाथ गहिरो श्वास लिने र केही समयपछि छोड्ने काम गर्नुस ।

मनमा तनावका कुरा खेल्नासाथ ध्यानलाई अरूतिर मोड्नुहाेस र  समूहमा काम गर्ने र एकले अर्कालाई सहयोगको बानी विकास गर्नुहाेस् ।

कार्यालयको वातावरण शान्तिमैत्री बनाउनुहाेस्, आफुलाई शान्ति मिल्ने सामान अगाडी राख्दा पनि तनाव कम हुन्छ ।

विहान सधैँ योग, ध्यान, प्राणायाम गर्नुस् जसले तपाईँलाई स्वस्थ र फुर्तीलाे रहन मदत गर्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्